Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

रियाद महरेजलाई म्यानचेष्टर सिटीले भित्र्यायो

Wednesday, July 11, 2018 National Power

२७ असार, काठमाडौं – प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीले क्लबको कीर्तिमानी मूल्यमा विंगर रियाद महरेजलाई भित्र्याएको छ । सिटीले लिसेस्टर सिटीका २७ वर्षीय महरेजलाई ६० मिलियन पाउण्डमा भित्र्याएको छ । उनले क्लबसँग ५ वर्षे सम्झौता गरेको बीबीसीले जनाएको छ ।

सिटीले गत जनवरीमै महरेजलाई भित्र्याउन चाहेको थियो तर, लिसेस्टरले ९५ मिलियन मागेपछि सहमति जुट्न सकेन र महरेजले सिटीको खेल्ने शैली आफ्ना लागि उपयुक्त भएको र इंग्लिस फुटबललाई पुनर्परिभाषित गर्ने सिटीको प्रयासमा सहभागी भएको बताएका छन् ।

उनले सिटीका प्रशिक्षक पेप ग्वार्डिओलोको नेतृत्वमा आफ्नो खेल सुधारको अपेक्षा सुनाएका छन् । अल्जेरियन महरेजले भनेका छन्, ‘पेप ग्वार्डिओला आक्रमक फुटबल खेल्न प्रतिवद्ध छन् र गत सिजन सिटीको प्रदर्शन उत्कृष्ट रह्यो ।’ २०१५–१६ मा लिसेस्टर सिटीले प्रिमियर लिग जित्दा महरेज प्लेयर अफ दि इयर बनेका थिए । लिसेस्टरका लागि १७९ खेल खेलेका उनले ४८ गोल गरेका छन् ।