Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

अलास्का पहाडमा ठोक्कियो विमान

Wednesday, July 11, 2018 National Power

२७ असार, काठमाडौं – अमेरिकाको लस एन्जलसमा ११ जना सवार एक विमान दुर्घटना भएको छ । तर, भाग्यबस सबै सकुशल छन् ।अमेरिकाको दक्षिणपूर्वी अलास्का पहाडमा विमान ठोक्किएको थियो । विमानमा १० यात्रु र एक पाइलट थिए । करिब दुई हजार फुटको उचाइमा उडिरहेको विमान अलास्का पहाडमा ठोक्किएको थियो । विमानमा सवार ११ जना घाइते मात्र भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

विमानमा गडबडी आएको जानकारी पाइलटले दिएका थिए । त्यसलगत्तै तटरक्षकहरुले दुई हेलिकोप्टर विमानतर्फ पठाएका थिए । उनीहरुले तुरुन्तै दुर्घटनास्थलबाट सबैलाई उद्धार गरेका थिए ।