Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

पाउलिन्हो बार्सिलोना छाडेर चीनतिर लागे

Monday, July 9, 2018 National Power

२५ असार, काठमाडौं – ब्राजिलका मिडफिल्डर पाउलिन्होले बार्सिलोना छाडेका छन् । २९ वर्षीय पाउलिन्हो चिनियाँ पूर्व क्लब ग्वान्झाओ एभरग्राण्ड फर्किने भएका छन् ।

उनले बार्सिलोनामा एक सिजन विताए । ३४ खेलमा ९ गोल गरेका उनले बार्सिलोनालार्इ ला लिगा जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । विश्वकपमा ब्राजिलले खेलेका सबै खेल उनले पनि खेले । तर विश्वकपलगतै चिनियाँ क्लब ग्वान्झाओले पाउलिन्हो फर्किने भएको घोषणा गरेको छ ।

बार्सिलोनाले पनि यो स्वीकार गरेको छ । तर ट्रान्सफर फि भने सार्वजनिक गरिएको छैन । पाउलिन्होले सन् २०१५ देखि २०१७ मा चिनियाँ लिगमा ६३ खेल खेलेका थिए ।