Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

विश्व विजेता जर्मनी अस्ट्रियासँग पराजित

Sunday, June 3, 2018 National Power

२० जेठ, काठमाडौं –  विश्वकपको उपाधि दावेदार जर्मनी मैत्रीपूर्ण खेलमा पराजित भएको छ । अभ्यास खेलमा जर्मनीलाई अस्ट्रियाले २- १ ले हराएको हो । खेलमा शुरुमा अग्रता भने जर्मनीले लिएको थियो । ११ औं मिनेटमा ओजिलको गोलबाट जर्मनीले लिएको अग्रता दोस्रो हाफमा टिक्न सकेन ।

५३ औं मिनेटमा अस्ट्रियाका मार्टिनले बराबरी गोल फर्काए । अस्ट्रिया यत्तिकैमा रोकिएन । उसले ६९ औं मिनेटमा अर्को गोल पनि थप्यो । दोस्रो गोल अस्ट्रियाका लागि एलेसान्ड्रोले गरेका हुन् । त्यसपछि विश्व विजेता जर्मनी खेलमा फर्किन सकेन र २- १ को हार व्यहोर्न बाध्य भयो । जर्मनी विश्वकपको चार वर्ष अघिको विजेता हो । उ सन् २०१८ मा हुन लागेको विश्वकपमा समूह एफमा छ । यो समूहमा दक्षिण कोरिया, स्वीडेन र मेक्सिको पनि छन् । रुसमा आयोजना हुने विश्वकप फुटबल सुरु हुन अब ११ दिन बाँकी छ ।