Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

क्याफेमा बम हानेर चारको हत्या

Friday, May 25, 2018 National Power

११ जेठ,बग्दाद – इराकको राजधानी बग्दादमा अवस्थित एक क्याफेमा अज्ञात व्यक्तिले बम हानेर खाना खाइरहेका चार व्यक्तिको हत्या गरेका छन् । यस आत्मघाती बम आक्रमणमा परी अरु पनि कैयौँ व्यक्तिलाई घाइते बनाइएको छ । मुस्लिम राष्ट्रहरुमा हाल रमाजान व्रतको महिना चलिरहेको छ । एक महिनासम्म चल्ने यस व्रतका क्रममा पनि प्रायः दैनिकजसो हत्या हिंसा रोकिएको छैन ।

यस हमलामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १६ घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । मारिनेमा एकजना सुरक्षा अधिकारी पनि परेका उक्त विज्ञप्तिमा जनाइएको छ । इराकी राजधानी बग्दादको छिमेकमा पर्ने सिया मुसलमान समुदायको बढी प्रभाव रहेको अल सोआला जिल्लामा अवस्थित उक्त क्याफेमा खाना खाइरहेका प्रहरीलाई लक्ष्यगरी सो हमला भएको हो ।