Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

अमेरिकी कूटनीतिज्ञमाथि चीनमा के भइरहेको छ ?

Thursday, May 24, 2018 National Power

१० जेठ, काठमाडौं – अमेरिकी विदेश मन्त्रालयले चीनमा रहेका आफ्ना जनतालाई असामान्य आवाज र दृश्यका लागि सतर्क रहन आग्रह गरेको छ ।चीनमा कार्यरत एक अमेरिकी नागरिकमा देखिएको रहस्यमयी लक्षणपश्चात् विदेश मन्त्रालयले उक्त चेतावनी जारी गरेको हो । ती व्यक्तिले सुक्ष्म र अस्पष्ट तर असामान्य आवाज र दबाबको अनुभव गरिरहेको बताएका थिए ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोका अनुसार उक्त घटना क्युबामा अमेरिकी कूटनीतिज्ञमाथि गरिएको कथित ‘सोनिक अट्याक’ सँग मेल खान्छ । चीनले यसबारे निकै जिम्मेवार ढङ्गले अनुसन्धान गरिरहेको जानकारी दिएको छ । चीन र अमेरिकाको सम्बन्ध केही समययता खराब बताइएको छ र दुबै देशबीच ‘ट्रेड वार’ को आशंका छ । विदेशमन्त्रालयले उक्त घटनालाई निकै गम्भीरताका साथ लिइरहेको बताएको छ । यद्यपी, अमेरिकाले यसका लागि चीनमा कुनै आरोप लगाएको छैन ।

अमेरिकी दूतावासकी प्रवक्ता जिनी लीका अनुसार कर्मचारीले ग्वांगजोऊ शहरमा सन् २०१७ को अन्तिम र अप्रिल २०१८ का बीच विभिन्न प्रकारका शारिरिक विकृतीको सामना गर्नुपर्यो । त्यसपछि कर्मचारीलाई अमेरिका फिर्ता पठाइयो । १८ मे मा अमेरिकी दूतावासलाई थाहा भयो कि कर्मचारी मानसिक रोगी थिए । लीले भने, ‘हामीले हाम्रो जनतालाई संदिग्ध आवाज वा प्रकाशको सामना गरे त्यसको विपरित दिशातर्फ जान आग्रह गरेका छौं । ’

यस्तो प्रकारको संदिग्ध घटना क्यूबाको राजधानी हवानामा अमेरिकी कूटनीतिज्ञसँग पनि भएको थियो । तब यसलाई सोनिक हमला भनिएको थियो । पोम्पियोले हाउस अफ रेप्रिजेन्टेटिभमा विदेशी मामलाका समितीलाई उक्त घटना क्यूबाको सोनिक हमलाजस्तै भएको मेडिकल अनुसन्धानबाट पत्ता लागेको जानकारी दिए । यसका लागि मेडिकलको एक समूहलाई पठाइएको जानकारी दिए । पोम्पियोले भने, ‘हामी क्यूबा र चीन दुबै स्थानमा वास्तविकता पत्ता लगाउने कोसिस गरिरहेका छौं ।’