Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

आईपीएलमा सन्दीपः सुरुवाती खेलमै अवसरका लागि योग्य थिए

Saturday, May 19, 2018 National Power

५ जेठ, काठमाडौं – सन्दीप लामिछानेले सावित गरेका छन् कि उनी सुरुवाति खेलहरुमा नै अवसर पाउन योग्य थिए । दिल्ली डेयरडेभिल्सले चेन्नाई सुपर किङ्गसमाथि ३४ रनको जित हात पार्दा सन्दीपले सुरेश रैना र महेन्द्र सिंह धोनीको साझेदारी तोडेका हुन् । उनले रैनाको विकेट लिए । डेब्यू खेलमा एक विकेट लिएर २५ रन दिएका उनले दोस्रो खेलमा अझ निखारिएको प्रदर्शन गरे । १४ औं ओभरको पहिलो बलमा उनले रैनाको विकेट लिए । रैनाले सन्दीपको फुललेन्थ गुगलीलाई सही जज गर्न सकेनन् र स्वायर लेगमा क्याच हुन पुगे ।

चार ओभर वलिङ गरेका उनले २१ रन दिए । र, दिल्लीको जितमा रैनाको विकेट महत्वपूर्ण रहृयो । १७ वर्षे सन्दीपको प्रदर्शन डेब्यू खेलमा पनि प्रभावशाली थियो । उनले रोयल च्यालेन्जर्स बैंग्लोरका विराट कोहली र एबी डिभिलियर्सविरुद्ध बलिङ गर्ने मौका पाएका थिए । यद्यपि त्यो खेलमा उनको टिमले हारेको थियो । आईपीएलमा अब दिल्लीको एक खेल बाँकी छ । खेल आइतबार हुने छ । सन्दीपले सुरुवाति ११ खेलमा मौका पाएका थिएनन् । जब दिल्ली समूह चरणबाटै बाहिरिने निश्चित भयो, त्यसपछि मात्र सन्दीपलाई मौका दिइएको थियो ।

तर, लगातार दुई ठूला टिमविरुद्धको प्रदर्शनले उनी यसअघि नै मौका पाउन योग्य थिए भन्ने देखाएको छ । अब दिल्लीको अन्तिम खेल मुम्बइविरुद्ध छ । यदि यो खेलमा पनि सन्दीपले खेलेमा सम्भवतः क्रिस गेलविरुद्ध बलिङ गर्ने अवसर जुर्नेछ । र, सन्दीपको प्रदर्शन यस्तै रहे टिमको प्रदर्शन जस्तो रहे पनि उनका लागि यो आईपीएल अविश्मरणीय हुनेछ । किनकी उनले क्रिकेटका हस्तीहरुविरुद्ध बलिङ गर्नेछन् ।