Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

जगत गुरु शंकराचार्य नेपाल आउदै

Wednesday, April 25, 2018 National Power

१२ बैशाख,काठमाण्डौ –  यहि बैशाख ३० गते जगत गुरु शंकराचार्य नेपाल आउने भएपछि जगत गुरुको सम्मान गर्नको लागि स्वागत समिति गठन गरिएको छ । आज शिवतान्त्रीक गुरुनिवासमा जम्मा भएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले जगत गुरुको नेपाल बसाई सहज र सरल बनाउने उदेश्यले स्वागत संयोजक सहित १५ सदस्यीय कार्य समिति गठन गरेको छ ।

स्वागत समितिको संयोजकमा स्वामी पदमधराचार्य रहेका छन् भने सह संयोजकमा किशोरी महतो रहनुभएको छ । त्यस्तै अन्य सदस्यहरुमा पुष्प पराजुली,नेय सिं नकर्मी,धु्रव बहादुर पाण्डे, प्रकाश कुवर,प्रशान्त मास्के, राम प्रसाद नेपाल,श्याम डंगोल,हेमा लुईटेल,गोपाल महर्जन, राम खड्का र नेशनल पावर न्युज डटकमका राजन थापा रहेका छन् । मानव कल्याण आध्यात्मिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रीक गुरुको निर्देशनमा समिति संचालन हुने बताईएको छ ।

स्वामी पदमधराचार्यको संयोजकत्वमा बनेको अभिनन्नद मुल समितीले जगत गुरुलाई अभिनन्दन गर्ने बताएको छ । जगत गुरु नेपालका विभिन्न धार्मिक स्थलहरुको भ्रमण गर्दे विभिन्न स्थानमा धार्मीक प्रवचन दिने बताईएको छ । साथै काठमाण्डौको टुडीखेल चितवन,भरतपुर,हेटौडा लगायतका ठाउहरुमा नागरिक स्तरबाट अभिनन्दन गरिने स्वागत समितिका संयोजक स्वामी पदमधराचार्यले बताएका छन् ।