Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

सपना तिर्थको मेला

Sunday, April 15, 2018 National Power

२ बैशाख,काठमाण्डौ – टोखामा सांक्कृतिक मेला सपना तिर्थ हरेक वर्ष बैशाख १ गते लाग्ने गर्दछ । हरेक वर्ष भक्तजनहरु आफ्नो मनोकामना पुरा होस र रोग व्याधिले नसताओस भन्ने कामना गर्दे टोखाको तलाउमा नुहाउनेको घुईचो लाग्ने गर्दछ ।  सपना तिर्थको तलाउमा नुहाएका चर्म रोग निको हुने जन विश्वास रहेको छ । परापुर्वकालमा लावण्य देशका राजा चार ओटा छोरी रहेको र चार ओटा छोरी मध्य कान्छी छोरीको विहे सपना तिर्थ आसपासकै एउटा अपाङगका साथ भएको थियो ।


सधै राजाको छोरी आफ्नो अपाङग श्रीमानलाई मागेर पाल्ने र अपाङग श्रीमान भने गोठाला केटाकेटीका साथमा जाने गर्दथे । सधै झै सपना तिर्थको तलाउ नजिकै बसीरहने अपाङग श्रीमानले एक दिन गोठालाहरुले किराहरुको प्वाख च्यात्दै तलाउमा फाल्दा किराहरु जस्ताको त्यस्तै भएर उडेको देख्दा अपाङग राजाका ज्वाईले आफुलाई पनि त्यसरी नै तलाउमा फाल्न गोठालाई भन्दा उनि पनि तलाउमा झर्ने वित्तिकै राम्रो भएका थिए ।


राजाको छोरी मागेर फर्कदा आफ्नो श्रीमानलाई तलाउको पानीले स्वस्थ बनाएको कुरा सपना जस्तै भएकोले त्यसको नाम सपना तिर्थ रहनगएको किम्बदन्ती  छ । हरेक वर्ष काठमाण्डौ आसपास लगायत देशभरी बाट भक्तजनहरु सपना तिर्थ पुग्ने गर्दछन् । साँकिृतक मेला सपना तिर्थमा यस पटक मेघा अस्पतालले निशुल्क स्वास्थ्य चेक जाँच गराएको छ भने मानव आध्यात्मिक प्रतिक्ष्ठानका शिवतान्त्रिक गुरुले भक्तजनहरुलाई प्रशाद स्वरुप खिर खुवाएका छन् ।


स्वास्थ्य चेकजाँच गराउनेको सँख्या ३५ सय भन्दा माथि रहेको मेघाअस्पतालका अध्यक्ष किशोर वंग राणाले बताएका छन् । त्यस्तै निशुल्क प्रशादकोरुपमा खिर खानेको सँख्या ४५ सय नाघेको शिवतान्त्रिक गुरुले बताएका छन् ।