Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै

Sunday, April 20, 2025 National Power

काठमाडौ– नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याउने कलाकारहरूलाई सम्मान गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘हरितारा चलचित्र पुरस्कार’ यस वर्ष अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रेतीलाई प्रदान गरिने भएको छ ।

हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा वैशाख ४ गते बसेको बैठकले २०८० सालको पुरस्कार वरिष्ठ अभिनेता टिका पहारीलाई र २०८१ सालको पुरस्कार चर्चित अभिनेत्री रेजीना उप्रेतीलाई दिने निर्णय गरेको हो ।

वि.सं. २०५२ मा समाजसेवी विजया राणा (तारानानी) ले पति हरि शम्शेरको सम्झनामा स्थापना गरेको यो पुरस्कार नेपाली चलचित्र क्षेत्रकै पहिलो औपचारिक पुरस्कारको रूपमा चिनिन्छ ।

४ दशकदेखि नेपाली चलचित्रको उत्थान र नेपाली कला संस्कृतिको प्रवद्र्धनमा सक्रिय टिका पहारी र दुई दशकभन्दा बढी समयदेखि अभिनयमार्फत नेपाली चलचित्रको क्षेत्रमा योगदान दिँदै आएकी रेजीना उप्रेतीलाई लिखत सहित जनही २५,००० रुपैयाँ राशिको थैली पुरस्कार अर्पण गरिनेछ ।

यसअघि यो पुरस्कार बसुन्धरा भुषाल, भुवन चन्द, कृष्ण मल्ल, मदन दास श्रेष्ठ, रविन्द्र खड्का, मिनाक्षी आनन्द, विश्व बस्नेत, लय संग्रौला रेखा थापा, दिनेश डि.सी, शान्तिप्रिय, विदुर गिरी, करिष्मा मानन्धर, दीपक राज गिरी, दिपा श्री निरौला लगायत चर्चित कलाकारहरूले प्राप्त गरिसकेका छन् ।

यस्तै बैठकले यसै वर्ष देखि नगद रु १०,०००। (राशीको हरितारा चलचित्र पत्रकारिता पुरस्कार अर्पण गर्ने पनि निर्णय गरेको छ । स्थापना वर्षको हरितारा चलचित्र पत्रकारिता पुरस्कार संचारकर्मी विष्णु सुवेदीलाई अर्पण गर्ने निर्णय गरेको छ ।

यसैबीच, परिवर्तन नेपालको वैशाख ५ गते सम्पन्न बैठकले कलाकार तथा अधिवक्ता कृष्ण ढुंगाना र निर्देशक÷सञ्चारकर्मी सम्झना उप्रेती रौनियारलाई ‘श्रीमती दुर्गादेवी पूण्य निरौला स्मृति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । यसको पुरस्कारको जनही १०,००० हजार रहेको छ ।

साथै, चलचित्र निर्माण, निर्देशन र अभिनयमा योगदान पु¥याउँदै आएका अभिनेता रविन्द्र सिंह बानिया, निर्देशक अमर ओली, अभिनेता जेबि रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे), अभिनेता सुनिल कटुवाल लाई ‘परिवर्तन चलचित्रकर्मी विशेष सम्मान २०८१’ अर्पण गरिनेछ ।

त्यस्तै ‘परिवर्तन चलचित्र पत्रकारिता सम्मान २०८१’ संचारकर्मी तुलसी गिरी ‘भावुक’, कृष्ण भुषाल, र कमला जोशीलाई प्रदान गरिनेछ । पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ, र शान्तिप्रिय सम्मिलित समितिले गरेको हो ।

विशेष समारोहमार्फत आगामी जेठको पहिलो हप्तामा पुरस्कार तथा सम्मान प्रदान गरिनेछ । उक्त कार्यक्रमको संयोजन निर्देशक देवेन्द्र पाण्डे र सञ्चालन परिवर्तन नेपालका मानार्थ समेत रहेका निर्देशक माधव राज खरेलले गर्ने निर्णय गरिएको छ ।