Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक

Friday, April 11, 2025 National Power

काठमाडौं— नेपाली लोकसंगीतमा निरन्तर सक्रिय गायिका सुजाता केसीको सुमधुर आवाजमा नयाँ गीत ‘मेरो बोली सुन्दा–२ ’ सार्वजनिक गरिएको छ । प्रेम र समर्पणको भाव व्यक्त गर्ने यस गीतले श्रोतामाझ राम्रो चर्चा पाइरहेको छ ।
लोक तथा आधुनिक संगीतको स्वाद मिसिएको यस गीतको शब्द मुनाल शिशिरले लेखेका हुन् भने संगीत संयोजन पुरुषेत्तम सुवेदीको रहेको छ । मुनाल शिशिरको संगीत निर्देशनमा तयार पारिएको गीतमा माया, समर्पण र सम्बन्धको विषयमा प्रस्तुत गरिएको छ ।
गीतको भिडियोलाई मुनाल शिशिरले निर्देशन गरेका हुन् भने छायांकन सुजन श्रेष्ठले गरेका छन् । सम्पादन बिष्णु खड्काको रहेको भिडियोमा शुधिर श्रेष्ठ प्रियङका रेग्मी गायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
गायिका सुजाता केसीले पछिल्लो समय आफ्नो बहुप्रतिभा र समर्पणका कारण नेपाली संगीत क्षेत्रमा लोकप्रिय गायिकाको रुपमा आफुलाई स्थापित गराएकी छिन् । उनले यसअघि पनि थुप्रै हिट गीतहरू दिइसकेकी छन्, र ‘मेरो बोली सुन्दा–२ ’उनको संगीत यात्राको अर्को उपलब्धिपूर्ण पाइला बनेको देखिन्छ । उक्त गीतको म्युजिक भिडियोलाई सुजाता केसी युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।