Friday 27th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

पाँचौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक, विशिष्ट गायक खड्ग गर्बुजालाई दीर्घ साधना सम्मान

Tuesday, March 25, 2025 National Power

काठमाडौं-पाँचौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८१ का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करणका लागि आवेदन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको पाँचौं संस्करणको अवार्डका लागि आवेदन आहृवान गरिएको थियो ।

यस संस्करणको अवार्ड यही चैत १२ (२५ मार्च)मा थाइल्याण्डमा एक विशेष समारोहबीच हुन गइरहेको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउनुभयो । अवार्डमा आधुनिक, पप, लोकदोहोरी गीतलगायतलाई समावेश गरिएको छ । अवार्ड समारोह बैंककमा जान असमर्थ हुने स्रष्टा स्रजकलाई काठमाडौंमा विशेष समारोहबीच अवार्ड प्रदान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराउनुभयो ।

अवार्ड समारोहमा नेपाली गीत संगीतमा विगत लामो समयदेखि योगदान पुर्‍याउनुभएका विशिष्ट गायक खड्ग गर्बुजालाई दीर्घ साधना सम्मान अर्पण गरिने भएको छ । साथै गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अध्यक्ष सुवेदीले जानकारी गराउनुभयो । यसअघि दीर्घ साधना सम्मान वरिष्ठ संगीतकार राजु सिंह, स्व. गुरुदेव कामद, वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाह र वरिष्ठ गायिका ज्ञानु राणालाई प्रदान गरिएको थियो ।

पाँचौ हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच

१ आधुनिक तथा पप गायक
१) प्रमोद खरेल-लै लै
२) स्वरूपराज आचार्य-नआइदे याद
३) टेक बिसी-नजरमा नजर
४) विजय अधिकारी-हेरौ हेरौ लाग्छ
५) चेतन राई-घुम्दै जाँदा

२) आधुनिक गायिका
१) ईश्वरी बराल-नैना रेसम
२) पूजाना काफ्ले -चुपचाप
३) रोजिना वस्नेत- तिमी विना
४) सुमन मान्धर-हाम्रो माया
५) निरा थापा मगर-वैशले मार्‍यो

३ आधुनिक गीतकार
१) हरिभक्त बुढाथोकी-नजरमा नजर
२) कृष्ण केसी – लै लै
३) शान्तिप्रिय- ओए माया ओए
४) प्रकाश सुवेदी – नआइदे याद
५) नारायण भट्टराई – झुटो बोल्दैन

४ निर्देशक
१) केशव कोइराला-जुनको किरण
२) मौसम हिमाली-निरीमायाको
३) प्रकाश धिताल-मनै फरर
४) राज लुइटेल-माया गर्‍यौ
५) राजु शेर्मा-कालो प्रकाश

५) संगीतकार
१) सन्तोष श्रेष्ठ-नयाँ बाटो
२) भीम बिसी-रिती जाने पैसा
३) जीवन शर्मा-सुने मैले
४) सूर्य काश्यप -हाँसो खुसी
५) धुर्ब विश्को -माझी दाई

६) संगीत संयोजन
१) रिदम कडेल-तिम्रो याद
२) योगेश काजी-लैलै
३) शाश शाक्य -मनै फरर
४) राजु कार्की-हेरौं लाग्छ
५) कृष्ण थापा-गरिबीको मर्म

७) लोक तथा दोहोरी गायक
१) माधव भण्डारी -यस्तै रित हो
२) मिठाराम केसी-ललितपुरे दाई
३) गोविन्दमधुर आचार्य-निरी मायाको
४) मिलन सुवेदी-बुलबुले तालैमा
५) सुरेश शाही-निरमायाको

८) गायिका लोक तथा भाषा भाषी
१) शान्तिश्री परियार-निरीमायाको
२) करुणा राई-परदेशीको दुःखी जीवन
३) रिता बुढाथोकी-मुसुक्क
४) अन्जु विश्वकर्मा-तिमीलाई छोडी
५) मन्जु लावती-आम्बि (पालाम)

९) लोक तथा दोहोरी शब्द
१) शिशिर योगी-मनै फरर
२) शंकर बराइली-परदेशिको दुखी जीवन
३) कृष्ण आचार्य-निरिमायाको
४) मनोज सिह थामी-दोहोरी गाउछु
५ मिठाराम खत्री केसी- ललितपुरपुरे दाई

१०) भिडियो सम्पादक
१) लोकेश भाट-गुमेका चिज
२) राजेश कुमार- बाँच्दिन म
३) पुजन लामिछाने – दशैँ आयो
४) बिनोद बम-दिल रोएको बेला
५) ओम प्रसाई-एउटा मान्छे नरिसाए

११) नव मोडल लोक पप आधुनिक
१) कृष्ण बम-साइला दाई
२) मुकेश गुरुङ-तिमी बिना
३) नारायण विश्वकर्मा-आफ्नै स्वार्थ
४) साजन नेपाल-सातै सुर
५) संजीव मगर -लेभल मिलेन

१२) लोक पप आधुनिक मोडल महिला
१) स्मारिका ढकाल-मनै फरर
२) एलिना थपलिया-यो मनको कुनामा
३) अलिसा शर्मा-झुम्के फुली
४ सिला गजुरेल-चुपचाप
५) निरा थापा मगर – आमा तिम्रो

१३) पुरुष मोडल
१) बिराज बास्कोटा-कालो प्रकास
२) रमेश सोडारी- मेरो हजुर
३) सुरेस कोली-नैना रेसम
४) कृष गुरुङ- जालमा नपारी
५) स्रमाट अधिकारी- टुनामुना

१४) नव गायक/गायिका
१) वसन्त गजुरेल-कपाल मिलाउदै
२ आरके विवश-बिदेशी संकार
३) पवित्रा सिलवाल-विदेशी सकार
४) संगीता पंगेनी-मनको मझेरी
५) दिया दुलाल-गरिवको मर्म