
काठमाडौं-पाँचौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८१ का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करणका लागि आवेदन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको पाँचौं संस्करणको अवार्डका लागि आवेदन आहृवान गरिएको थियो ।
यस संस्करणको अवार्ड यही चैत १२ (२५ मार्च)मा थाइल्याण्डमा एक विशेष समारोहबीच हुन गइरहेको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउनुभयो । अवार्डमा आधुनिक, पप, लोकदोहोरी गीतलगायतलाई समावेश गरिएको छ । अवार्ड समारोह बैंककमा जान असमर्थ हुने स्रष्टा स्रजकलाई काठमाडौंमा विशेष समारोहबीच अवार्ड प्रदान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराउनुभयो ।
अवार्ड समारोहमा नेपाली गीत संगीतमा विगत लामो समयदेखि योगदान पुर्याउनुभएका विशिष्ट गायक खड्ग गर्बुजालाई दीर्घ साधना सम्मान अर्पण गरिने भएको छ । साथै गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अध्यक्ष सुवेदीले जानकारी गराउनुभयो । यसअघि दीर्घ साधना सम्मान वरिष्ठ संगीतकार राजु सिंह, स्व. गुरुदेव कामद, वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाह र वरिष्ठ गायिका ज्ञानु राणालाई प्रदान गरिएको थियो ।
पाँचौ हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच १ आधुनिक तथा पप गायक १) प्रमोद खरेल-लै लै २) स्वरूपराज आचार्य-नआइदे याद ३) टेक बिसी-नजरमा नजर ४) विजय अधिकारी-हेरौ हेरौ लाग्छ ५) चेतन राई-घुम्दै जाँदा २) आधुनिक गायिका १) ईश्वरी बराल-नैना रेसम २) पूजाना काफ्ले -चुपचाप ३) रोजिना वस्नेत- तिमी विना ४) सुमन मान्धर-हाम्रो माया ५) निरा थापा मगर-वैशले मार्यो ३ आधुनिक गीतकार १) हरिभक्त बुढाथोकी-नजरमा नजर २) कृष्ण केसी – लै लै ३) शान्तिप्रिय- ओए माया ओए ४) प्रकाश सुवेदी – नआइदे याद ५) नारायण भट्टराई – झुटो बोल्दैन ४ निर्देशक १) केशव कोइराला-जुनको किरण २) मौसम हिमाली-निरीमायाको ३) प्रकाश धिताल-मनै फरर ४) राज लुइटेल-माया गर्यौ ५) राजु शेर्मा-कालो प्रकाश ५) संगीतकार १) सन्तोष श्रेष्ठ-नयाँ बाटो २) भीम बिसी-रिती जाने पैसा ३) जीवन शर्मा-सुने मैले ४) सूर्य काश्यप -हाँसो खुसी ५) धुर्ब विश्को -माझी दाई ६) संगीत संयोजन १) रिदम कडेल-तिम्रो याद २) योगेश काजी-लैलै ३) शाश शाक्य -मनै फरर ४) राजु कार्की-हेरौं लाग्छ ५) कृष्ण थापा-गरिबीको मर्म ७) लोक तथा दोहोरी गायक १) माधव भण्डारी -यस्तै रित हो २) मिठाराम केसी-ललितपुरे दाई ३) गोविन्दमधुर आचार्य-निरी मायाको ४) मिलन सुवेदी-बुलबुले तालैमा ५) सुरेश शाही-निरमायाको ८) गायिका लोक तथा भाषा भाषी १) शान्तिश्री परियार-निरीमायाको २) करुणा राई-परदेशीको दुःखी जीवन ३) रिता बुढाथोकी-मुसुक्क ४) अन्जु विश्वकर्मा-तिमीलाई छोडी ५) मन्जु लावती-आम्बि (पालाम) ९) लोक तथा दोहोरी शब्द १) शिशिर योगी-मनै फरर २) शंकर बराइली-परदेशिको दुखी जीवन ३) कृष्ण आचार्य-निरिमायाको ४) मनोज सिह थामी-दोहोरी गाउछु ५ मिठाराम खत्री केसी- ललितपुरपुरे दाई १०) भिडियो सम्पादक १) लोकेश भाट-गुमेका चिज २) राजेश कुमार- बाँच्दिन म ३) पुजन लामिछाने – दशैँ आयो ४) बिनोद बम-दिल रोएको बेला ५) ओम प्रसाई-एउटा मान्छे नरिसाए ११) नव मोडल लोक पप आधुनिक १) कृष्ण बम-साइला दाई २) मुकेश गुरुङ-तिमी बिना ३) नारायण विश्वकर्मा-आफ्नै स्वार्थ ४) साजन नेपाल-सातै सुर ५) संजीव मगर -लेभल मिलेन १२) लोक पप आधुनिक मोडल महिला १) स्मारिका ढकाल-मनै फरर २) एलिना थपलिया-यो मनको कुनामा ३) अलिसा शर्मा-झुम्के फुली ४ सिला गजुरेल-चुपचाप ५) निरा थापा मगर – आमा तिम्रो १३) पुरुष मोडल १) बिराज बास्कोटा-कालो प्रकास २) रमेश सोडारी- मेरो हजुर ३) सुरेस कोली-नैना रेसम ४) कृष गुरुङ- जालमा नपारी ५) स्रमाट अधिकारी- टुनामुना १४) नव गायक/गायिका १) वसन्त गजुरेल-कपाल मिलाउदै २ आरके विवश-बिदेशी संकार ३) पवित्रा सिलवाल-विदेशी सकार ४) संगीता पंगेनी-मनको मझेरी ५) दिया दुलाल-गरिवको मर्म