Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै

Tuesday, March 11, 2025 National Power

काठमाण्डौ  – गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए) पछिल्लो समय आन्तरिक कलह, शक्ति संघर्ष र अनुशासनहीन गतिविधिहरूका कारण अस्तव्यस्त बन्दै गएको छ। संस्थाको मुख्य उद्देश्य परिपालन गर्नुपर्ने नेतृत्व नै स्वार्थ र पदको खेलमा फस्दा गैर-आवासीय नेपालीहरूको हक, हित र योगदानको कुनै स्पष्ट दिशा देखिँदैन।

एकथरी बेमौसमी चुनाव र अधिवेशनको हतारो गर्दैछन् भने अर्काथरी देश-विदेशका गल्ली-गल्लीमा भेला र शक्ति प्रदर्शनमै रमाइरहेका छन्। विदेशमा कठिन संघर्ष गर्दै बसेका लाखौँ प्रवासी नेपालीहरूले संस्थाको नाममा पठाएको करोडौँ रुपैयाँको कुनै पारदर्शी हिसाब छैन। एनआरएनएको द्यीम् परियोजना अन्योलमै छ, लाप्राकमा बनेका घरहरू प्रयोगविहीन भएर जिर्ण बन्दै गएका छन्। ती संरचनाहरू पुनः उपयोगमा ल्याउने स्पष्ट योजना अभावमा प्रवासी नेपालीहरूको श्रम र पुँजी खेर गइरहेको छ।

  विश्लेषक : शिव प्रसाद पौडेल निवर्तमान अध्यक्ष तथा प्रमुख संरक्षक, एनआरएनए जापान