Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!

Wednesday, February 5, 2025 National Power

 

काठमाण्डौ – नेपाली संगीतप्रेमीहरूका लागि अर्को उत्कृष्ट गीत सार्वजनिक भएको छ। गायक रमेश श्रेष्ठ मेलोडी र एन्जिला रेग्मीको सुमधुर स्वरमा सजिएको नयाँ गीत मोटर गाडी ले श्रोताहरूको मन जित्ने अपेक्षा गरिएको छ।

यो गीतका रचनाकार तथा संगीतकार अदृश्य हुन् भने, संगीत संयोजन बिजेश्वर तन्दुकारले गरेका छन्। गीतको अडियो निर्माण मीना श्रेष्ठले गरेका छन् र रेकर्डिङ कार्य तास स्टुडियोमा सम्पन्न गरिएको हो। भिडियोको निर्देशन तथा कोरियोग्राफी सुमन तामाङले गरेका छन्। यसमा युसना केसी, रीना माझी, र शिबु जी (टुडेज फिल क्रियू) को दमदार अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन नवीन तोलाङ सुजने ले गरेका छन् भने सहायक क्यामेराम्यान सौगात श्रेष्ठ रहेका छन्।

भिडियोको सम्पादन तथा रंग संयोजन कल्पेश विश्वकर्माले गरेका छन्, जसले भिडियोको दृश्यलाई अझ आकर्षक बनाएको छ। मेकअप आर्टिस्ट रोजिना श्रेष्ठले कलाकारहरूको लुकलाई उत्कृष्ट बनाउने काम गरेकी छन्। गीतको बोल, संगीत, अनि भिडियो सम्पूर्ण रूपमा मनोरञ्जनात्मक तथा आकर्षक बनेको छ। मोटर गाडीू ले नेपाली संगीत उद्योगमा नयाँ उचाइ लिने अपेक्षा गरिएको छ।

केही दिन अगाडि मात्र भिडियो रमेश श्रेष्ठ मेलोडीू अफिसियल युट्युब च्यानलमा रिलिज भएको छ। फेसबुक रील्स र टिकटक भिडियोमा भाइरल जस्तै बनिसकेको छ। रमेश श्रेष्ठ मेलोडीू लामो समयदेखि नेपाली संगीत क्षेत्रमा निरन्तर रूपमा सक्रिय छन्। श्रेष्ठ गायक तथा संगीतकार मात्र नभएर कार्यक्रम संचालक पनि हुन्। त्यस्तै एन्जिला रेग्मी एक उत्कृष्ट गायिका हुन्, उनले धेरै राम्रा गीतहरू नेपाली संगीत उद्योगलाई दिइसकेकी छिन्। शिबु जी पनि त्यस्तै लोकप्रिय छन्। टिकटकमा उनलाई धेरैले फलो गरेका छन् र उनको भिडियोहरू पनि भाइरल छन्।