Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

आठौं संस्करणको ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड को आवेदन खुल्ला

Monday, November 25, 2024 National Power


काठमाडौं – निम अवार्डको आठौं संस्करणका लागि आवेदन खुला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२५’ को आवेदन खुला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिनुभएको हो ।

विगत ७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषाभाषीका गीत संगीतलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिलेसम्मकै बृहत् संख्याका भाषाभाषीका गीतहरूको उत्साहपूर्वक सहभागिता हुँदै आएकाले पनि यसलाई नेपालकै पहिलो समावेशी अवार्डका रूपमा लिने गरिन्छ ।

नेपालभित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरूलाई कार्यक्रममा सहभागी गर्दै आइरहेको यो अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भोजपुरी, राई, लिम्बू, चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार लगायतका विभिन्न भाषाका गीत र भिडियोहरू अवार्डमा सहभागी हुँदै आएका छन् भने यस वर्ष पनि ती भाषा तथा भाकाका गीत संगीतहरूलाई अवार्ड कार्यक्रममा समेटिने आयोजक संस्थाले जानकारी दिएको छ ।

अंग्रेजी क्यालेण्डरअनुसार २०२४ जनवरी १ देखि २०२४ डिसेम्बर ३० सम्म (१ वर्षभित्रमा) बजारमा आएका गीत तथा भिडियोहरूलाई समावेश गरिने अवार्ड आयोजकले बताएका छन् । एरा प्रोडक्सन प्रालिको व्यवस्थापनमा सम्पन्न हुने निम अवार्डका फारमहरू आयोजक संस्थाको कार्यालयवाट उपलब्ध हुनुका साथै ग्लोबल अनलाइन पेको अनलाइनमार्फत् पनि भर्न सकिने जनाइएको छ । गीतहरू दर्ता गर्नका लागि आवेदनको अन्तिम मिति पुस २० गतेसम्मका लागि तोकिएको आयोजक समितिले बताएको छ ।