Monday 2nd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र अमेरिकी दूतावासका भिसा कन्सुलर बीच द्धिपक्षीय भेटवार्ता

Saturday, February 1, 2025 National Power

काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र अमेरिकी दूतावासका भिसा कन्सुलर अधिकारी ग्रेगोरी डी. सिम्किसबीच द्धिपक्षीय भेटवार्ता भएको छ । छलफलमा नेपाली फिल्म क्षेत्रको वर्तमान अवस्था, नेपाल र अमेरिकामा आयोजना हुने फिल्म अवार्ड एवं सम्मान समारोह, फिल्मकर्मीको भिसासम्बन्धी विषयमा छलफल भएको बोर्डले जनाएको छ ।

भेटमा सिम्किसले नेपालमा आयोजना हुने फिल्म अवार्डको छनोट प्रक्रिया, विश्वसनीयता र कलाकारले प्राप्त गर्ने सिफारिस पत्रको आधिकारिकतामाथि चासो राखेका थिए । बैठकमा अध्यक्ष डीसीले नेपाली फिल्म उद्योगको अन्तर्राष्ट्रिय विस्तार तथा नेपाल र अमेरिकाबीचको सांस्कृतिक सम्बन्ध बलियो तुल्याउनेबारे ध्यानाकर्षण गराएका थिए ।

नेपाली फिल्मकर्मीले अमेरिकामा आयोजना हुने फिल्म महोत्सव, कार्यशाला र सांस्कृतिक कार्यक्रममा सहभागि हुन सहजता पाउनुपर्ने, नेपालमा पनि अमेरिका र नेपाली फिल्म क्षेत्रबीच विशेष कार्यक्रम गरिनुपर्ने विषय अध्यक्ष डीसीले प्रस्तुत गरे । भेटमा कन्सुलर सिम्किसले अमेरिकी दूतावास नेपाली फिल्मकर्मीको भिसा प्रक्रियालाई सहजीकरण गर्न सकारात्मक रहेको बताएको बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ । बोर्डले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा प्रबद्र्धन गर्न पहल गर्दै आएको र सोही पहलको फलस्वरुप यो भेट भएको जनाएको छ ।