Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

Sunday, February 2, 2025 Devil Singh Rajput

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ। उहाँले नेपाली उत्पादक तथा किसानहरूले उत्पादन गरेका ब्रान्डहरूको प्रवर्द्धनमा यस्ता एक्स्पोहरू प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्नुभयो।

भृकुटिमण्डपमा जारी आठौं संस्करणको ५ दिने चेम्बर एक्स्पो अवलोकन गर्ने क्रममा मन्त्री भण्डारीले नेपाल सरकार र निजी क्षेत्र मिलेर मुलुकको अर्थतन्त्र सुदृढ बनाउन यस्ता मेलाहरू अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। साथै, नेपालमा सूचना प्रविधि (आईटी) सम्बन्धी नयाँ कानुनले नेपाली आईटी उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न मद्दत गर्ने बताउनुभयो।

एक्स्पो कार्यक्रममा मन्त्री भण्डारीलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरू उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र कुमार​ श्रेष्ठ, लगायतले स्वागत गर्नुभएको थियो ।। अवलोकनका क्रममा मन्त्री भण्डारीले उद्योगी व्यवसायीहरूलाई हौसला प्रदान गर्दै उत्पादन र व्यापारको प्रवर्द्धनमा सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।