Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सुब्बाको कृति ‘विश्वमा मानव सभ्यता-जातीय बृहत् इतिहास-संस्कृति र परम्परा’को परिचर्चा तथा सम्मान

Thursday, January 30, 2025 National Power

काठमाडौं- काठमाडौंमा एक विशेष समारहबीच सिक्किमका सर्जक टी.बी. चन्द सुब्बाको कृति ‘विश्वमा मानव सभ्यता-जातीय बृहत् इतिहास-संस्कृति र परम्परा’को परिचर्चा तथा सम्मान गरिएको छ । साहित्यिक पत्रकार संघ र मिलाप म्यागजिनको आयोजनामा डालो रेस्टुरेन्ट, अनामनगरमा भएको कार्यक्रममा सर्जक सुब्बा र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी नवनिर्वाचित अध्यक्ष शोभा अर्याललाई बधाई तथा सम्मान गरिएको थियो । दुबैजनालाई समारोहका प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराईले सम्मान अर्पण गर्नु भएको थियो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तेइससय पृष्ठको ‘विश्वमा मानव सभ्यता-जातीय बृहत् इतिहास-संस्कृति र परम्परा’ कृतिको परिचर्चामा वक्ताहरू वृहत कृतिका लागि सर्जक सुब्बालाई शुभकामना बधाई दिनुका साथै कृतिको चर्चा गर्नुभएको थियो ।

मिलाप म्यागजिनका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराई, विशेष अतिथि प्रा. डा. सुरेन्द्र के. सी., अध्यक्ष राधेश्याम लेकाली, सम्मानित सर्जक टी. बी. चन्द सुब्बा, पत्रकार शोभा अर्याल, महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ट कलाकारहरू लय संग्रौला, उत्तम के. सी., वरिष्ठ सङ्गीतकार राजु सिंह, गीतकार अमर वान्तु, गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी लगायतले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

स्वागत मन्तव्यका क्रममा भुसालले मिलापको चर्चा गर्दै नेपाली भाषा, साहित्य, कला संस्कृतिका विषयमा मिलापमार्फत विगत १५ वर्षदेखि आफूहरूले समाग्री प्रस्तुत गर्दै आएको बताउनुभयो ।

प्रमुख अतिथि प्राडा भट्टराईले सर्जक सुब्बाले यस वृहत कृतिको सुरुवातदेखि नै आफूसँग आउने गरेको र आफूले सक्दो सहयोग पुर्‍याएको बताउनुभयो भयो । उहाँले यसभित्र समावेश भएका विषयवस्तुको समयक्रममा चर्चा हुँदै जाने र के कस्ता विषयवस्तु छन् भन्ने विषयमा चर्चा हुने बताउँदै उहाँको साहश तारिफ योग्य भएको जिकिर गर्नुभयो ।

यस्तै प्राडा केसीले हामीले गर्न नसकेको काम सीमापारिका सर्जकहरूले गरिरहेको बताउँदै हाम्रो राजनीति र समाजिक परिवेश एक अर्काको खुट्टा तान्ने प्रवृति रहेको सुनाउँदै हामीले आफूलाई परिमाजित गर्दै लानुपर्नेमा जोड दिनुभयो ।

महाकाव्यकार दाहालले साहित्यको सीमा नहुने भन्दै जहाँका सर्जकले सिर्जना गरेका रचना भएपनि ति सबैले मानविय संवेदना, परिवेश, कला र संस्कृतिका लागि हुने जिकिर गर्नुभयो ।

बरिष्ठ कलाकार संग्रौलाले नेपाली भाषा, साहित्य, कला संस्कृतिका साथै सर्जक सुब्बाको खोज अनुसन्धानमुलक लेखनको चर्चा गर्नुभयो ।

गीतकार तथा निर्देशक गणेश सुवेदीले सजिकरण गर्नुभएको कार्यक्रममा अध्यक्ष लेकालीले आफू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को अध्यक्ष हुँदा सर्जक सुब्बासँग धेरै कार्यक्रममा सहकार्य गरेको बताउँदै नेपाल बाहिरका धेरै सर्जकले नेपाली साहित्यको उत्थानमा आफूलाई संलग्न गराइरहेको र सर्जक सुब्बाका कार्य प्रशसनिय रहेको बताउनुभयो ।

सम्मानित सुब्बाले आफूले १७ वर्ष लागाएर यो पुस्तक तयार पारेको जानकारी गराउँदै नेपालका ७१ जिल्लामा आफू पुगेको सुनाउनुभयो । उहाँले कृतिको सुरूवातदेखि तयारहुँदा सम्मका विभिन्न अनुभव सुनाउनुभएको थियो ।

सम्मानित सुब्बाका यसअघि नै गीत, कविता, खण्डकाव्य, कथा, उपन्यास, जीवनी, गीति एल्बम र एक दर्जनकृति प्रकाशित छन् भने उहाँले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिक्किम च्याप्टरका निवर्तमान उपाध्यक्ष तथा सल्लाहकार रहनु भएका साहित्यकार टी.बी. सुब्बा नेपाली साहित्य परिषद, गान्तोकलगायत विभिन्न संघ सस्थामा आवद्ध हुनुहुन्छ । यसैगरी अर्का सम्मानित पत्रकार अर्याल सत्र वर्षदेखि पत्रकारिताकर्ममा हुनुहुन्छ ।

कार्यक्रममा साहित्यकारहरू प्रा. डा. गोविन्दमान सिंह कार्की, शरद प्रधान, जनक रावल, डा. दामोदर पुडासैनी, किशोर विश्वकर्मा, डा. शान्तिमाया गिरी, शैलेन्दु चापागाईं, मन्जिला अनिल, कमला रिसाल, डा. बुनु दाहाल, सुधा मैनाली, गीतकार रमेश दाहाल, पत्रकारहरू प्रविन थपलिया, श्रीराम राई, सानुकाजी श्रेष्ठ, सूर्य सुवेदी, गीता अधिकारी, डिल्लीरमण सुवेदी, रिना श्रेष्ठ, भोला अधिकारी, मोहम्मद जलिम, सुरेन्द्र थापा, चलचित्र निर्देशक माधवराज खरेल, कमला जोशी, कलाकार अटल निरोज तथा सिक्किमकी दुर्गा सुब्बालगायतको उपस्थिति थियो ।