Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक

Tuesday, January 7, 2025 National Power

काठमाडौँ – हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा सोमबार एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । झन्डै ३ मिनेट लामो ट्रेलरले गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका ४ युवकको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थिति झल्काएको छ । ट्रेलर हेर्दा फिल्मले हररमा पनि नयाँ स्वाद दिने अनुमान गर्न सकिन्छ ।

माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म नविन भट्टले निर्देशन गरेका हुन् ।  कार्यक्रममा निर्माता तथा कलाकार मनोज अधिकारीले फिल्म फरक कथा बस्तुमा र नौलो शैलीमा निर्माण भएको जानकारी दिए । फिल्ममा सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट मिलेर लेखेका हुन् ।

फिल्म बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको हो । फिल्मलाई देशभर आरआर फिल्मस्ले वितरण गर्दैछ ।