Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

सुदुरपश्चिम बहुउद्देश्यीय सहकारीको अध्यक्षमा दिर्घराज जोशी

Sunday, January 5, 2025 National Power

काठमाण्डौ – सुदुरपश्चिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा दिर्घराज जोशी निर्वाचित भएका छन् । सहकारीको आज धनगढीमा भएको चौथो साधारण सभाले जोशीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा हरि भट्ट, सचिवमा हरि सिंह धामी र कोषाध्यक्षमा लवराज रेग्मी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा प्रदीप जोशी, श्याम जोशी र पर्वत भण्डारी निर्वाचित भएका छन् । सहकारी संस्थाको लेखा समिति संयोजकमा जन्मराज तिमिल्सेना तथा सदस्यमा नारायण राना र गोमती भट्ट जोशी निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिले सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृतमा टीकाराम जोशीलाई नियुक्त गरेको छ ।

यसअघि संस्थाको साधारण सभा उद्घाटन गरिएको थियो । संस्थाका अध्यक्ष टीकाराम जोशीको अध्यक्षतामा भएको उद्घाटन समारोहका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयका प्रशिक्षक देवराज पन्त रहेका थिए । विशिष्ठ अतिथिमा राष्ट्रिय सहकारी बैंकका सुदुरपश्चिम ईन्चार्ज तथा धनगढी शाखा प्रबन्धक दिनेश गेलाल र पुर्व विद्यालय निरीक्षक धनकृष्ण रेग्मी रहेका थिए । उद्घाटन समारोहमा लोकप्रिय देउडा गायक लालवहादुर थापाले विभिन्न सांगितिक कोसेलीहरु प्रस्तुत गरेका थिए भने रुद्राक्ष डाईग्लोस्टिकले निशुःक सुगर र प्रेसर चेकजाँच तथा सुदृष्टि आँखा केन्द्रले निशुल्क आँखा चेकजाँच गरेको थियो ।

उद्घाटन समारोहमा तीन जनालाई सम्मानित पनि गरिएको थियो । उत्कृष्ट कारोबारतर्फ सिला पराजुली, जेष्ठ नागरिक र निरन्तर संस्थासँग जोडिए वापत हेमराज श्रेष्ठ तथा उत्कृष्ट कर्जा कारोबार तर्फ सविना बुढाऐरलाई सम्मानित गरिएको हो ।