Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

सुस्मा शाही ठकुरीको लाम माया लाम बोलको गीत सार्वजनिक ।

Thursday, January 2, 2025 National Power

काठमाण्डौ – प्रत्यक्ष दोहोरीकी अब्बल गायिका भनेर चिनिने लोकप्रिय गायिका सुस्मा ठकुरीको लाम लाम माया लाम बोलको गीत सार्वजानिक भएको छ। यज्ञ बिश्वकर्माको लय तथा नेत्र अर्यालको शब्द लहरी भित्र अहिलेका अत्यन्तै लोकप्रिय गायक खेम सेन्चुरी र सुस्मा शाही ठकुरीको आवाज रहेको गीत सुस्मा शाही ठकुरी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
आशिस अबिरलको सङ्गीत सम्योजन सहित राग स्टुडियोमा तयार भएको अडियोमा भिडियो निर्देशन भने चर्चित मोडल तथा निर्देशक सन्जीव ठकुरीले गर्नु भएको छ।
सन्जिव ठकुरी, ममता राना ,सुस्मा शाही ठकुरी र अहिलेका लोकप्रिय टिकटकर नबिन्द्र भन्डारीको समेत अभिनय रहेको उक्त म्युजिक भिडियोलाई छायाकन भने नबिन भाटले गर्नु भएको छ। अ्मर सुनारको कोरियाग्राफी रहेको भिडियोमा सम्पादनको काम भने सुजन कोइरालाले गर्नु भएको छ।