Tuesday 3rd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

विकास बोर्डले सार्वजनिक गर्यो आगामी एक महिना भित्र प्रदर्शन हुने फिल्मको सूची

Thursday, December 26, 2024 National Power

काठमाडौं –  चलचित्र विकास बोर्डको नेतृत्व गरेदेखि नै अध्यक्ष दिनेश डिसीले नेपाली फिल्म क्षेत्रको श्रीवृद्धि हुने शैलीका कार्यक्रम तथा गतिविधिहरुलाई प्राथमिकता दिँदै आइरहेका छन् । विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेको छोटो समयमै अध्यक्ष डिसीले फिल्म क्षेत्रको सुधार तथा विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । यसैबीच, सोमवार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष डिसीले प्रदर्शनको तयारीमा रहेका नेपाली फिल्महरुको प्रचारात्मक भिडियो सामग्री सार्वजनिक गरेका छन् । ४० सेकेण्डको उक्त भिडियोमा आगामी एक महिना भित्र प्रदर्शन हुने फिल्मको सूची प्रस्तुत गरिएको छ । बोर्डले यो अभियानलाई हरेक महिना सञ्चालन गर्ने अनुमान गर्न सकिन्छ ।

उक्त भिडियो सामाग्री शेयर गर्दै अध्यक्ष डिसीले अब प्रदर्शनको तयारीमा रहेका स्वदेशी फिल्मको प्रदर्शन मिति उल्लेख गर्दै एउटा जानकारीमुलक दृष्य सामाग्री बोर्डले प्रचार गर्ने भएको उल्लेख गरेका छन् । नेपाली फिल्मका निर्माता तथा वितकरलाई अध्यक्ष डिसीको अनुरोध छ- ‘कृपया यसबारे बोर्डलाई जानकारी गराई सहयोग गरिदिनु होला ।’

बोर्डले तयार पारेको पहिलो प्रचार सामग्रीमा यही पुस २६ गतेदेखि प्रदर्शन हुने फिल्म ‘कर्साङ’, माघ ४ गतेदेखि प्रदर्शन हुने फिल्म ‘फिरफिरे फिरीरी’ तथा ‘एक्टर’, माघ ११ गतेदेखि प्रदर्शनमा आउने ‘केटी हराएको सूचना’ तथा माघ १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘एक्टर’ को बारेमा जानकारी उल्लेख छ । यो छोटो भिडियोमा यी फिल्मका पोस्टर, प्रदर्शन मिति तथा मुख्य कलाकारको नामलाई एनिमेशन गरेर प्रस्तुत गरिएको छ । नेपाली फिल्मको प्रवद्र्धनमा चलचित्र विकाबस बोर्डको यो सकारात्मक कदमको चलचित्र क्षेत्रले स्वागत गर्ने कुरामा दुईमत छैन ।

@kalakarmi

नेपाली फिल्मको प्रचार प्रसारमा चलचित्र विकास बोर्डले नयाँ अभियान थालेको छ । #FDB #filmdevelopmentboard #nepalifilm @dinesh raj dahal ( DC) #kalakarmitv #kalakarmi #ka#lakarmi♥️♥️♥️

♬ original sound – Kalakarmi Tv