Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

Tuesday, October 8, 2024 National Power

काठमाण्डौ– २०८१ को बडादशै तथा शुभदिपावलीको अवसर पारेर नेपाल चलचित्र तथा कलाकार श्रमिक संगन (फावन)ले शुभकामना आदान प्रदान कार्यक्रमको सम्पन्न गरेको छ । कार्यक्रममा संघका कार्यसमिती सदस्य सहित सल्लाहकार सदस्य, मानार्थ सदस्य, साधारण सदस्य सहित अन्य मिडियाकर्मी तथा संगीतकर्मीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष खगेन्द्र प्याकुरेलले आउदै गरेको बडादशै शुभदिपावली तथा छठ पर्वको शुभकामना दिदै चाडवाडलाई उल्लासमय रुपमा मनाउ तर आफ्नो क्षमता अनुसार मनाउ जे छ त्यसैमा रमाउ भन्दै सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई शुभकामना प्रदान गरे । त्यस्तै महासचिव राजन थापाले आउदै गरेको विजया दशमी तथा शुभदिपावलीको सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना प्रदान गरे भने कार्यक्रममा सल्लाहकार सदस्य तथा मानार्थ सदस्यहरु शान्तिप्रिय, डब्बु क्षेत्री, दिपक शर्मा लगायतले शुभकामना दिएका थिए ।

संघका मानार्थ सदस्य तथा चलचित्र निर्देशक माधव राज खरेलले सहजिकरण गरेको उक्त कार्यक्रम मैतिदेवीमा रहेको डोरी रेष्टुरेन्टमा आयोजना गरिएको थियो ।