Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

Tuesday, October 8, 2024 National Power

काठमाण्डौ– २०८१ को बडादशै तथा शुभदिपावलीको अवसर पारेर नेपाल चलचित्र तथा कलाकार श्रमिक संगन (फावन)ले शुभकामना आदान प्रदान कार्यक्रमको सम्पन्न गरेको छ । कार्यक्रममा संघका कार्यसमिती सदस्य सहित सल्लाहकार सदस्य, मानार्थ सदस्य, साधारण सदस्य सहित अन्य मिडियाकर्मी तथा संगीतकर्मीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष खगेन्द्र प्याकुरेलले आउदै गरेको बडादशै शुभदिपावली तथा छठ पर्वको शुभकामना दिदै चाडवाडलाई उल्लासमय रुपमा मनाउ तर आफ्नो क्षमता अनुसार मनाउ जे छ त्यसैमा रमाउ भन्दै सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई शुभकामना प्रदान गरे । त्यस्तै महासचिव राजन थापाले आउदै गरेको विजया दशमी तथा शुभदिपावलीको सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना प्रदान गरे भने कार्यक्रममा सल्लाहकार सदस्य तथा मानार्थ सदस्यहरु शान्तिप्रिय, डब्बु क्षेत्री, दिपक शर्मा लगायतले शुभकामना दिएका थिए ।

संघका मानार्थ सदस्य तथा चलचित्र निर्देशक माधव राज खरेलले सहजिकरण गरेको उक्त कार्यक्रम मैतिदेवीमा रहेको डोरी रेष्टुरेन्टमा आयोजना गरिएको थियो ।