Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी प्रतियोगीसहित अभिभावकहरुलाई बाल स्वास्थ्य संबन्धी प्रशिक्षण

Saturday, September 7, 2024 Devil Singh Rajput

काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी प्रतियोगीसहित अभिभावकहरुलाई लक्षित गरि बाल स्वास्थ्य संबन्धी प्रशिक्षण दिईएको छ  । ग्लोरी मिडियाद्धारा सुकेधारा निलोपुल स्थित ब्रेनल्याण्ड एकेडेमीमा भाद्र २२ गते शनिवार आयोजित बाल स्वास्थ्य विषयक उक्त प्रशिक्षण कार्यक्रम माझ बरिष्ठ बाल रोग बिशेषज्ञ डा. हरिकृष्ण बाँस्कोटाले प्रशिक्षण दिनुभएको हो । सो अवसरमा बालरोग विशेषज्ञ डा. बास्कोटाले गर्भमा रहेदेखी किशोरावस्थासम्म बालबालिकामा हुने शारिरीक एवं मानसिक परिवर्तन साथै उमेर अनुसार उनीहरुलाई आवश्यक पर्ने पोषण तत्व बारे प्रकाश पार्नुभएको थियो ।

डा. बास्कोटाले पत्रु खानाले बालबालिकाको वृत्तिविकासमा असर गर्ने हुदाँ स्वास्थबद्र्धक खाना मात्र सेवन गर्नुपर्ने र बालबालिकाहरुलाई अन्य उमेर समुहका मानिसलाई भन्दा बढि मात्रामा पोषण आवश्यक पर्ने बताउनुभएको थियो । साथै उहाँले अनुभव साटासाट गर्ने क्रममा आफनो बाल्यकाल, शिक्षा दिक्षा तथा पेशागत रुपमा विगतमा युनिसेफमा आवद्ध भई विश्वका विभिन्न देशहरु पुगेर आफूले दिएको स्वास्थ्य सेवा र बाल स्वास्थ्यको महत्व बारे पनि चर्चा गर्नुभएको थियो ।

उक्त कार्यक्रमको प्रश्नोत्तर सत्र माझ सहभागी बालबालिका एवं अभिभावकहरुले डा. बाँस्कोटासँग बाल स्वास्थ्यसँग संबन्धित रही विभिन्न जिज्ञासाहरु राख्नुभएको थियो ।  ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाको सभापतित्वमाझ आयोजित सो कार्यक्रममा लिटिल बुद्धज एकेडेमीका भाईस प्रिन्सिपल शंकर घिमिरे, ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका ईभेण्ट डाईरेक्टर सोमप्रसाद बास्तोला आदीको उपस्थिती रहेको थियो ।

उक्त सत्र पश्चात टेलिभिजन कार्यक्रम प्रस्तोता एवं निर्देशक समेत रहनुभएका ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले प्रतियोगीहरुलाई टेलिभिजन कार्यक्रम प्रस्तोता संबन्धी प्रशिक्षण दिनुभएको थियो ।