Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

आध्यात्मिकता र आधुनिकताको सुन्दर संयोजनस् कश्यप एकेडमी

Tuesday, April 9, 2024 Devil Singh Rajput

काठमाडौं । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक, शिक्षिकाबाट व्यावसायिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्ने ,विज्ञान(प्रविधि, आध्यात्मिकता र उद्यमशीलताको संगम मैत्रीनगर–२, कीर्तिपुरमा रहेको कश्यप एकेडेमी विद्यार्थीहरुको पहिलो रोजाइमा पर्दै आएको छ ।

आधुनिक शैलीको पठन पाठनमा विशेष जोड दिँदै कश्यप एकेडेमीले विद्यार्थीको सिकाइ र उनीहरूको भविष्यलाई बढी महत्व दिदै लामो समय शैक्षिक अनुभव बटुलेका शिक्षक, शिक्षिकाबाट अंग्रेजी माध्यममा पढाइ, अतिरिक्त क्रियाकलाप र पारिवारिक वातावरणमा आउने शैक्षिक सत्रबाट केही नयाँ योजनाहरू सहित कक्षा नर्सरीदेखि कक्षा नौ सम्म नयाँ भर्ना खुला गरेको स्कुलको संस्थापक प्रिन्सिपल, आर।बी। अधिकारीले बताउनु भयो ।
कश्यप एकेडेम स्कुलले छोटो समयमानै गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावक माझ आफ्नो भिन्न पहिचान बनाउँदै विद्यार्थी अनुकूल शिक्षण पद्धती अनुसार शिक्षण सिकाइ गरिने भएकोले अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको पनि अधिकारीले बताउनु भयो ।

स्कुलमा विद्यार्थीहरूका लागि पर्याप्त मात्रामा फराकिलो खेलमैदान, उपयुक्त कक्षा कोठाहरू, अत्याधुनिक सुविधा सम्पन्न भवन, पुस्तकालय , स्तरीय प्रविधि प्रयोगशाला,सुरक्षा व्यवस्था पूर्णरुपमा सुरक्षित एवं व्यवस्थित, यातायातको आवश्यकता रहेका विद्यार्थीलाई सवारी साधनको व्यवस्था उपलब्ध छन् । जहाँ सुरिक्षत तवरले शान्त वाताबरणमा विद्यार्थीले अध्ययन गर्न पाउँछन् ।