Wednesday 18th March 2026

    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक

प्याजेन्ट नेपालको तिज महोत्सव सम्पन्न

Wednesday, September 4, 2024 National Power

काठमाडौं – प्याजेन्ट नेपालको आयोजनामा यो बर्षको तिज महोत्सव द मल्ल होटलमा भव्य रुपमा सम्पन्न भएको छ । शोभा बुटिक होटल तथा राष्ट्रखबरको प्रस्तुतीमा आयोजित उक्त महोत्सवको समुद्घाटन प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाबाट भएको थियो ।

सांस्कृतिक चाडपर्वहरुको अवसर पारेर नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्दै जाने उद्देश्य अनुरुप प्याजेन्ट नेपालले प्रत्येक वर्ष मनाउदै आएको तिज फेस्टिवलमा डेढ दर्जन बढि महिला उद्यमी अपाङ्गहरुद्धारा उत्पादिन खाद्यान्न,कपडा,घरेलु उत्पादनबाट उत्पादित वस्तुहरुको प्रदर्शनी स्टल राखिएको थियो । समारोहमा लायन्स क्लब अफ ड्रिम्सबाट रक्तदान कार्यक्रमको आयोजना गरिनुका साथै ओम समाज डेन्टल,ओम चावहिल डेन्टल,नेपाल भारत मैत्री अस्पताल तथा एएसजी आई केयरबाट निशूल्क स्वास्थ्य शिविर संचालन गरेका थियो ।
देश विदेशमा विभिन्न अवार्ड समारोह,फेशन शो सांस्कृतिक कार्यक्रम,पर्यटन प्रर्वद्धनका लागि गरिने विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको प्याजेन्ट नेपालले सो कार्यक्रममा ‘मिस एण्ड मिसेस तिज’ को समेत आयोजना गरेको थियो ।

करिब ४० जना भन्दा वढि प्रतियोगीहरुले भाग लिएको उक्त प्रतियोगिताम अविवाहित महिला तथा विवाहित महिलाहरुको सहभागिता रहेको थियो । विभिन्न उमेर समूहमा रहेको सहभागीहरु मध्येबाट विभिन्न शिर्षकमा उपाधी जितेका थिए । प्रतियोगीताका मुख्य निणार्यक कलाकार किरण केसी तथा अन्य निणार्यकहरु वरिष्ठ रेडियोलोजिष्ट डा.सुशिल जंग शाह, डर्माटोलोजिष्ट डा.अपर्णा शाह, ईन्टरनेशनल रनवे मोडल दिपक घिमिरे, गायिका सरस्वती खत्री ‘सुरसुधा’, हबिव्सका प्रमुख सेजल जलान, मुम्बईबाट आएकी चर्चित अन्तराष्ट्रिय मोडल ऐश्वर्य उपाध्याय तथा भारतिय वरिष्ठ संचारकर्मी एवं ईभेन्ट डाईरेक्टर सविता भारति राणाले विजेताहरुलाई उपाधीको प्रमाण पत्र तथा ताज पहिराईदिएका थिए ।यो वर्षको प्याजेन्ट नेपाल तिज महोत्सवको डायमण्ड मिसेस तिजको उपाधी लिला केसीले हात पार्न सफल भएकी छिन । उनलाई जुरी टिमले उपाधी तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

विजेतालाई विभिन्न गिफ्ट ह्याम्पर समेत उपलव्ध गराईएको थियो । प्रतियोगीताको कोरियोग्राफी लविन अन्सारी र सुमी बानियाले गरेका थिए । भने कार्यक्रममा प्याजेन्ट नेपालकी सिईओ ममोथा बस्नेतको सत्यम शिवम् सुन्दरम बोलको नृत्यलाई दर्शक दिर्घाबाट निकै रुचाइएको थियो ।

कार्यक्रममा चर्चित कलाकारहरु आनन्द कार्की, गायिका मन्जु थापा, गायक सपन श्रेष्ठ, गायिका सरस्वती खत्री सुरसुधा, गायिका पूजन काफ्ले,गायिका सुजाता केसी,नृत्यङ्गना रोमा न्यौपाने,नृत्यङ्गना वर्षा कार्की तथा होचा पुड्का कलाकारहरुले आ आफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा गायक आनन्द कार्की, कलाकार राजाराम पौड्याल,कलाकार शिवहरि पौडेल, संचारकर्मी श्रृजना वाग्ले,संचारकर्मी, नारायण प्रसाद अधिकारी, गायक विनोद ढकाल, गायक रामकृष्ण श्रेष्ठ,गायक रमेश पाठक, ईभेन्ट डाईरेक्टर सोनीतराज ढुंगेल, अभिनेता श्रीदेब भटराई,हिमानी ट्रष्टकी कानूनी सल्लाहकार अनिता केसी, ईभेन्ट डाईरेक्टर शान्ता कुमारी तामाङ्ग, कलाकार रोमा न्यौपाने, बलिवुडका सहायक निर्देशक एवं बलिवुड सेलीब्रेटी म्यानेजमेन्ट अनमोल सिंह ,संचारकर्मी एवं समाजसेवी डा.केवी सम्राट,ईभेन्ट डाईरेक्टर सुरज थापा, सौन्दर्यविद शिलाष्मा हमाल,कलाकार अर्जुन कार्की, ईभेन्ट डाईरेक्टर धिरज तण्डुकार, महिला उद्यमी निता केसी, शिक्षाकर्मी लक्ष्मण घिमिरे,नेपाली मूलका अमेरिकी शिक्षा विभाग (बिओडी) रामचन्द्र श्रेष्ठ, गल्फ कन्ट्रिका विजनेश टाईकुन नामले परिचित विष्णु प्रसाद पुडासैनी समाजसेवी यमुना श्रेष्ठ लगायतलाई प्रमुख अतिथी राना तथा विशेष अतिथीहरु पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल, नेपाली सेनाका वित्त प्रमुख सहायक रथि राजन अधिकारी, उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, एआईजी भिम प्रसाद ढकाल, विशिष्ठ समाजसेवी राव राजा विक्रम सिंह, लामा धर्म गुरु ग्याछो रिम्पोछेले सम्मान प्रदान गरेका थिए भने कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, पूर्व राजदुत महेश दाहाल,वरिष्ठ चिकित्सक रेश्मा राणा, सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता गणेश केसी,वरिष्ठ समाजसेवी प्रकाश कुंवर,पशुपति विकास कोष पूर्व कार्यकारी निर्देशक घनश्याम खतिवडा,नेपाली जनसम्पर्क मन्च तथा माईती ईण्डियाका अध्यक्ष बालकृष्ण पाण्डे, पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष सुर्य सुवेदी, पत्रकार दिपक पुडासैनी,पत्रकार पवन तिमल्सिना, पत्रकार शोभा अर्याल,पत्रकार कमल राज भट्को विशेष उपस्थिति रहेको थियो ।

फेस्टिवलमा विभिन्न मोडलहरुले मौलिक पहिरनमा र्याम्प शो गरेका थिए । कार्यक्रमलाई  चौधरी ग्रुप,नेपाल एयरलायन्स,राष्ट्रिय बाणिज्य बैंक,प्रभु बैंक, एनमबी बैंक,बेलिजा, रेडबुल,ओम समाज डेन्टल,हबिव्स,न्यू लाईक लुक्स, सिरेन रिसोर्ट नगरकोट,सिरेन डालिमा रिसोर्ट कुरिनटार,नुगा बेस्ट, ग्रिन ब्रिक्स, ओसिस व्यूटि स्पा, एसके ईन्टरटेनमेन्ट,सर्वहितेषी डेरी, पिडियु, बालुवाटार अर्गानिक, डर्मापरफेक्ट क्लिनिक,एएसजी आई केयर,सकल बायोईन्जाईम नेपाल, पौडेल ढाका उद्योग तानसेन ,प्रोजेक्टाईल तथा ग्रिनल्याण्ड ईन्ष्टिच्यूटको प्रायोजन रहेको थियो । कार्यक्रमबाट उठेको केहि रकम स्नेही काखमा हस्तान्तरण गरिने योजना रहेको आयोजक समितिका अध्यक्ष राज लुईटेलले जानकारी दिए ।

महोत्सवको आयोजक समितिमा प्याजेन्ट नेपालकी सिईओ ममोथा बस्नेत, वरिष्ठ समाजसेवी एवं महिला उद्यमी शोभा गुरुङ्ग, मोटिभेसनल स्पिकर पूर्ण लामा संस्थाका कानूनी सल्लाहकार दुर्गा प्रसाद पाण्डे, दिक्षा पुडासैनी, मुकेश बस्नेत रहेका थिए ।

तिज पर्व मनोरन्जन मात्र नभई सामाजिक सेवा पनि हो भन्ने सन्देश प्रवाह गर्नका निमित्त यस किसिमको आयोजना गरिएको शोभा गुरुङ्गले बताईन । कार्यक्रमको संचालन मिस नेपाल सुगारिका केसीले गरेकी थिईन । कार्यक्रमलाई सेभ द नेशन टेलिभिजन र राष्ट्रखबरबाट प्रत्यक्ष प्रसारण गरिएको थियो