Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

स्रष्टा लेखक बिक्रमभक्त जोशीका पिता र माताको नाममा “प्रभुभक्त–छोरीनानी वर्ष पुस्तक पुरस्कार” स्थापना

Saturday, September 7, 2024 Devil Singh Rajput

काठमाडौं। नेपाली साहित्यमा निकथाको माध्यमवाट नौलो आयाम थप्दैआएका नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी र उनको जीवन संगीनी बिन्जु जोशीले आयामिक कार्य गरेका छन्। जोशी दम्पत्तिले पिता प्रभु भक्त जोशी तथा माता छोरीनानी जोशीको नाममा पुरस्कार स्थापना गरेर आयामिक कार्य गरेका हुन्।

निकथाको सर्वोत्कृष्ट बर्ष पुस्तक नै सावित भैसकेको कृति “चोभार ब्लुज”का स्रष्टा लेखक बिक्रम भक्त जोशीका पिता र माताको नाममा “प्रभुभक्त–छोरीनानी वर्ष पुस्तक पुरस्कार”स्थापना भएको छ। नारी स्रष्टा समाजबाट प्रदान गर्ने गरी आफ्ना मातापिताका नाममा बिक्रमभक्त जोशी र बिन्जु जोशीले “प्रभुभक्त–छोरीनानी वर्ष पुस्तक पुरस्कार” स्थापना गरेका हुन् । र त्यसको अक्षयकोषको समेत ब्यवस्था जोशी दम्पत्तिले गरिसकेको छ ।

नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलको संयोजनमा स्थापना गरिएको “प्रभुभक्त–छोरीनानी वर्षपुस्तक पुरस्कार २०८१” पहिलो पटक आगामी मङ्सिर १ गते नारी स्रष्टा दिवसको अवसरमा उत्कृष्ट पुस्तक छनोट कमिटीबाट छनोट भएको पुस्तकलाई नगद एघार हजार र सम्मानपत्र प्रदान गरिने भएको छ। यसको सम्पूर्ण जिम्मेवारी जोशी दम्पत्तिले नारी स्रष्टा समाजलाई दिएका छन्।