Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

लिटल बुद्धज एकेडेमी स्वयम्भूको आयोजनामा अभिभावक तथा शिक्षिकाबीच तीज नृत्य प्रतियोगितासहित दर खाने कार्यक्रम सम्पन्न

Friday, September 6, 2024 Devil Singh Rajput

काठमाडौं । हिन्दू नारीहरुको महान चाड हरितालिका तीज पर्वको पावन अवसरमा लिटल बुद्धज एकेडेमी स्वयम्भूले अभिभावक तथा शिक्षिकाबीच तीज गीतमा नृत्य प्रतियोगिता तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । तीज गीत नृत्य प्रतियोगितामा अभिभावकद्व्य सगुन परियार र प्रतिमा श्रेष्ठले क्रमश: प्रथम र द्धितिय स्थान गर्नुभयो भने शिक्षिका सुमिक्षा तामाङ्ले तृतिय स्थान हासिल गर्नुभएको छ । विहिबार आयोजित उक्त कार्यक्रममा सहभागी तथा उपस्थित ४५ जना पाहुनाहरुलाई तीजको दर खुवाएर विद्यालयले बिदाइ गरेको थियो ।

लिटल बुद्ध एकेडेमीकी संचालक/अध्यक्ष श्रीमती मनु कार्की क्षेत्रीले समुदघाटन तथा अध्यक्षता गर्नुभएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा आफ्नो धारणा राख्दै विद्यालयका सहायक प्राचार्य शंकर घिमिरेले विद्यालयले आगामी बर्षहरुमा यस्ता प्रतियोगिता नियमित रुपले संचालन गर्ने र यसलाई आफ्नो ब्राण्ड/छाप तुल्य बनाउदै लैजाने उल्लेख गर्नुभएको थियो । कार्यक्रमका बिजेताहरुलाई प्रमाण पत्र तथा पुरस्कारबाट सम्मान गरिने कार्यक्रम रहेको एन प्याब्सनका बागमती प्रदेश अध्यक्ष समेत रहनुभएका लिटल बुद्ध एकेडेमीका प्राचार्य नारायणकुमार कार्कीले जानकारी गराउनुभएको छ ।