Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

पोल्याण्डमा खसेको मिसाइलबारे अमेरिका र युक्रेनबीच मतभेद, अब जेलेन्स्की के भन्छन् ?

Thursday, November 17, 2022 National Power

काठमाडौं -युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पोल्याण्डमा क्षेप्यास्त्र खसालेको विषयमा पश्चिमी देशहरूको अडानभन्दा फरक वक्तव्य दिएका छन् । उनले यो मिसाइल खसेकोमा आफ्नो देशको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जिम्मेवार नभएको बताए ।

गत बुधबार, युक्रेनमा रसियाली मिसाइल आक्रमणको बीचमा, एक मिसाइल पोल्याण्डको सीमामा खसेको थियो, जसमा दुई जनाको मृत्यु भएको थियो । पोल्याण्ड पश्चिमी देशहरूको सैन्य संगठन नेटोको सदस्य राष्ट्र हो, जसका कारण बुधवार अचानक परिस्थिति अत्यन्तै संवेदनशील बन्यो ।

यो खबर आएपछि जी सेभेन देशका नेताहरूले बालीमै यस विषयमा आपतकालीन बैठक गरेका थिए । सुरुमा यो क्षेप्यास्त्र रुसी भएको खबर आएको थियो । तर रुसले पनि यस विषयमा कडा प्रतिक्रिया दिँदै यस विषयमा कुनै जिम्मेवारी लिन अस्वीकार गरेको छ । तर, अमेरिकी राष्ट्रपति जो बाइडेनले यो मिसाइल रुसबाट नआएको हुनसक्ने बताएका छन् ।