Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

संसद भवनमा छिरे प्रदर्शनकारी

Thursday, July 28, 2022 National Power

काठमाडौं- इराकको राजधानी बगदादस्थित हरु प्रवेश गरेका छन् । संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरे पनि नसकेको र ठूलो भीड संसद भवनभित्र छिरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

सामाजिक सन्जालहरुमा सेयर भइरहेका भिडियो र फोटोहरुमा प्रदर्शनकारीहरू संसद भवनभित्र नाचगान गरेको र टेबलहरूमा सुतेको देखिन्छ । इराकमा शिया धर्मगुरु मुक्तदा अल सदरका समर्थकहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । प्रधानमन्त्रीमा उम्मेदवारी दिएका मोहम्मद अल सुदानी इरानसँग धेरै निकट रहेको भन्दै सदर समर्थकहरू विरोधमा उत्रिएका हुन् ।

अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएको धर्मगुरु सदरको पार्टीले गत अक्टुबरको आम चुनावमा सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन । आफ्नो प्रतिद्वन्द्वी मोहम्मद अल सुदानीसँग सहकार्य गर्न धर्मगुरु सदर तयार नभएपछि त्यहाँ नयाँ सरकार बन्न सकेको छैन । प्रदर्शनकारी संसद भवनमा प्रवेश गर्ने बेला सांसदहरु भने थिएनन् । त्यहाँ प्रदर्शनकारीहरुले क्षति पुर्‍याए(नपुर्‍याएको भने खुलेको छैन । प्रधानमन्त्री मुस्तफा अल खादिमीले प्रदर्शनकारीहरुलाई संसद भवन छाड्न आग्रह गरेका छन् ।