Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

जनकपुरमा दिल्लीबाट आयो ‘धार्मिक रेल

Thursday, June 23, 2022 National Power

धनुषा-रामायण सर्किट अन्तर्गत भारतबाट जनकपुरमा धार्मिक रेल आएको छ। मंगलबार दिल्लीबाट धार्मिक पर्यटक लिएर हिँडेको रेल बिहीबार जनकपुर आइपुगेको हो । । मंगलबार साँझ दिल्लीस्थित रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपले हरियो झण्डा देखाएर रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउनका लागि रेल्वे उद्घाटन गरेका थिए । सो रेल जनकपुरधाम आइपुग्दा तीर्थयात्रुलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, जानकी मन्दिरका पुजारी रामरोशन दास वैष्णवलगायतले स्वागत गरेका थिए ।

जनकपुरधामबाट तिर्थालुहरु भोलि पुनः सोही रेलबाट सितामढीका लागि प्रस्थान गर्नेछन् । सो रेलमा ६ सय तिर्थालुहरु आएका छन् भने उनीहरुलाई मधेश प्रदेश सरकारले जानकी मन्दिर दर्शनका साथै साँझमा गंगा आरतीमा सहभागी गराउने कार्यक्रम बनाएको छ । रामायण सर्किट अन्तर्गत भारत र नेपालबीच पर्यटक रेल सुरु भएपछि जनकपुरधामको पर्यटन विकासमा मद्यत पुग्ने व्यवसायीहरुको आशा रहेको छ । आज रेलमा नेपाल आइपुगेकाको नेपाल र भारतमा गरी १८ दिनको यात्रा हुनेछ ।