Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

युक्रेनका ठूला शहरमा रुसी सेनाको बमबारी, खार्किभमा २१ जना मारिए

Wednesday, March 2, 2022 National Power

काठकाडौं -रुसी सेनाले युक्रेनका ठूला शहरमा बम र गोलाबारी तीव्र पारेको छ । दोस्रो ठूलो शहर खार्किभमा भएको बमबारीमा परी कम्तिमा २१ जनाको ज्यान गएको छ ।युक्रेनका अधिकारीले राजधानी किएभ र खार्किभसहितका शहरमा रुसले बम र गोलाबारीलाई तीव्रता दिएको बताएका छन् । खार्किभमा रुसी सेनाले गरेको बम र गोलाबारीमा कम्तिमा २१ जना मारिएको उक्त शहरमा गभर्नर ओले सिनेहुबोभले बताए । एक सय १२ जना घाइते भएको पनि उनको भनाइ छ ।

यता किभएको टेलिभिजन टावरमा आक्रमण हुँदा कम्तिमा पाँचजनाको मृत्यु भएको छ । टेलिभिजनको कन्ट्रोल रुम र पावर सबस्टेशनलाई रुसी सेनाले लक्षित गरेको अधिकारीहरूको भनाइ छ । त्यस्तै, युक्रेनी गृह मन्त्रीका एक सल्लाहकारले जाइटोमिर शहरको मानव वस्तीमा क्रुज मिसाइल प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । ‘हालसम्म एक बालकसहित चार जनाको मृत्यु भएको छ’, गृह मन्त्रीका सल्लाहकार एन्टो हेराशचेन्कोले भने । रुसले हमलाको सातौं दिन खार्किभमा प्यारासुटमार्फत् विशेष फौज ओरालेको युक्रेनको सेनाले जनाएको छ ।