Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

‘मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग गर्न दिन्नौ“’

Tuesday, March 1, 2022 National Power

काठमाडौँ-  नेपाल सरकारले कुनै पनि मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन प्रतिबद्धता व्यक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्मअनुरूप कुनै पनि छिमेकी मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको हो । बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारत, चीनलगायत अन्य कुनै पनि मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले नेपालको सामाजिक तथा आर्थिक विकासमा महìवपूर्ण सहयोग पु¥याउने मित्रराष्ट्रहरू, दातृ निकाय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूप्रति बैठकले हार्दिक आभार व्यक्त गरेको छ । अमेरिकी अनुदान सहायता (एमसीसी) व्याख्यात्मक घोषणासहित आइतबार प्रतिनिधि सभाबाट पारित भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्नुहुने गठबन्धनमा आबद्ध राजनीतिक दल, प्रमुख प्रतिपक्षलगायत सबै राजनीतिक दल, प्रतिनिधि सभाका सभामुख र सांसद सबैलाई धन्यवाद ज्ञापन पनि गरेको छ ।
एमसीसी पारित गर्नमा रचनात्मक र सिर्जनात्मक सहयोग गर्र्ने नागरिक समाज, सञ्चारजगत्, बुद्धिजीवी, उद्योगी व्यवसायी सबैमा सरकारले हार्दिक धन्यवाद व्यक्त गरेको मन्त्री कार्कीले बताउनुभयो ।