–स्काई न्युजबाट
काठमाडौं -रुसले हमला गरेको चार दिन भयो तर युक्रेनका नागरिक भने संसारकै शक्तिशाली सेनासँग डटेर लड्ने मुडमा देखिन्छन् ।राजधानी किएभ पसिसकेको रुसी सेनाबाट मुलुकको रक्षा गर्न युक्रेनीहरू कति दृढता एवं साहसी छन् भन्ने कुरा राष्ट्रिय सेनामा भर्ना हुन लामबद्ध भएका स्वयंसेवकबाट प्रस्ट हुन्छ । डिनिप्रो शहरमा यस्तै लाइन देखिन्छ । उक्त शहरको स्थानीय सामुदायिक केन्द्रमा रुसविरुद्धको युद्धमोर्चामा जान युवाहरू लाइन लाग्न थालेका छन् ।
देशका लागि ज्यान दिन तयार स्वयंसेवकको लाइनमा उमेर, लिङ्ग र व्यवसायमा मानिस बसेका छन् । झट्ट हेर्दा उक्त लाइन शहरको केन्द्रमा जम्मा भइरहेको स्वस्स्फूर्त फौज जस्तै देखिन्छ । कसैले आफ्नो परिचयपत्र मात्रै बोकेका छन् भने कसैले झोला समेत लिएर आएका छन् ।सेनामा भर्ती हुन भन्दै लाइनमा बसेका अधिकांशसँग न बन्दुक चलाएको कुनै अनुभव छ न त युद्धको नै । तर युद्धमा ज्यान जान सक्ने कुराले उनीहरू कत्ति पनि त्रसित देखिँदैनन् ।
भर्खरै चालिस वर्ष कटेका इगोर भ्याजोभोय लाइनमै थिए । आल्मुनियमका झ्याल-ढोका बनाउने इगोरले लड्ने बेला आएको भन्दै सेनामा भर्ना हुन चाहेको बताए । ‘मेरो राम्रो काम छ’, स्काई न्युजका जोन स्पार्क्ससँग कुरा गर्दै उनले भने, ‘मैले आल्मुनियमका झ्याल बनाउछु, ठूला भवनमा आल्मुनियमको काम गर्छु तर अब म लड्नु पर्छ ।’‘यसअघि केही आशंका थियो तर अहिले म पूरै तयार छु किनभने यो युद्ध हो’, बन्दुक बोकेर लड्न तयार हुनुहुन्छ भन्ने प्रश्नको उत्तर दिँदै इगोरले भने ।
इगोर नजिकै कलेजी रंगको जाकेट र ऊनीको टोपी लगाएकी काटेजिना कोजी छन् । मिठो बोली भएकी उनी बैंक म्यानेजर हुन् । एघार र चार वर्षे दुई छोरीकी आमा भए पनि उनी सेनामा स्वयंसेवक भन्न तयार छन् ।
‘हतियार प्रयोग गर्न तयार हुनुहुन्छ त रु’ काटेजिनालाई लाई प्रश्न सोधिएको थियो । उक्त प्रश्नको उत्तर दिँदै उनले भनिन्, ‘छु तर मैले शुटिङ रेन्जमा मात्रै गोली चलाएकी छु । मसँग खासै अनुभव छैन तर चाँडै सिक्ने मानिस हुँ ।’‘हामी घाइते भइसकेका छौं, हामीहरू अघिदेखि नै पीडामा छौं र म डराउन छोडिसकेँ’, लडाइँमा घाइते हुन पनि सक्नुहुन्छ नि भन्ने प्रश्नको उत्तर दिँदै काटेजिनाले भनिन्, ‘यही कारण म केही गर्न चाहन्छु ।’ राजकाजको खासै अनुभव नभएका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको व्यवहारबाट प्रेरित भएर स्वयंसेवक बन्न तयार रहेको पनि उनको भनाइ थियो ।
सबैलाई थाहा छ( रुसी सेनासँग राम्रा हतियार छन् र उनीहरू तालिमप्राप्त छन् । यही भएर डिनिप्रोका मानिसलाई गम्भीर क्षति हुने खतरा छ । तर सर्गेई सिल्दिभ जस्ता स्वयंसेवकले आफ्नो मनबाट यो कुरा हटाइसकेका छन् ।‘मेरो विचारमा एक जना युक्रेनी सेना कम्तिमा सात जना रुसी सेनाका लागि भारी हुन्छन्’, सिल्दिभले भने, ‘लडाइँ जितिन्छ भनेर म ढुक्क छु ।’
–स्काई न्युजबाट