Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

कोरोना महामारीका कारण राष्ट्रसंघका महासचिवले दिए मन्त्री तथा कुटनीतिज्ञलाई यात्रा नगर्न सुझाव

Sunday, March 1, 2020 National Power

काठमाडौँ — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोनाभाइरसको महामारीका कारण मन्त्री तथा कुटनीतिज्ञहरुलाई अमेरिकाको न्यूयोर्कमा आयोजना हुने भनिएको महिलाहरुको अवस्थाका बारेको आयोगको छलफलमा सहभागी नहुन आग्रह गरेका छन् । सात हजारभन्दा बढी व्यक्तिको सहभागिता हुने उक्त वार्षिक कार्यक्रममा लैंगिक समानतालाई बढावा दिने तथा महिला सशक्तिकरणका बारे छलफल हुने गर्छ। यो वर्ष सो कार्यक्रम मार्च ९ देखि २० सम्म हुने तय गरिएको छ।

यद्यपी राष्ट्रसंघका सम्पूर्ण सदस्य राष्ट्रहरुलाई आयोगको अध्यक्ष रहेका अर्मानीयका राष्ट्रसंघीय स्थायी प्रतिनिधि महेर मार्गार्‍यानले पठाएको पत्रमा महासचिव गुटेरेसले मुख्य कार्यक्रमलाई छोट्याउन र धेरैजसो साहयक कार्यक्रमलाई रद्द गर्न सुझाव दिएको उल्लेख गरिएको छ।

ुउहाँले सदस्यहरुलाई मुख्यालयमा आयोजना हुने कार्यक्रममा भाग लिनका लागि यात्रा नगर्न सुझाव दिनुभएको छ,ु मार्गार्‍यानले पत्रमा लेखेका छन्। उक्त आयोगमा सदस्य रहेका सदस्य राष्ट्रले पनि महासचिव गुटेरेसको सुझावलाई सोमबार बस्ने बैठकमा अनुमोदन गर्नका लागि प्रस्ताव गर्ने बताइएको छ।

राष्ट्रसंघकी प्रवक्ता स्टेफनी डुजारिकले विश्वभर नै द्रुत गति फैलिरहेको कोरोनाभाइरसको महामारीका कारण राष्ट्रसंघले आफ्नो सम्पूर्ण ध्यान त्यसतर्फ केन्द्रित गर्नुपर्ने अवस्था रहेकोले पनि महासचिव गुटेरेसले त्यस्तो सुझाव दिएको स्पष्ट पारेकी छन्।