Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

चेल्सीको मैदानमा वायर्नको शानदार जित

Wednesday, February 26, 2020 National Power

काठमाडौं- सर्जी नाब्रीले दुई गोल गरेपछि जर्मन क्लब वायर्नले च्याम्पियन लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा इंग्लिस क्लब चेल्सीमाथि शानदार जित हात पारेको छ । वायर्नले चेल्सीलाई उसैको मैदानमा ३-० ले पराजित गर्दै दोस्रो लेगका लागि सजिलो बनाएको छ ।

लण्डन क्लब चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा ३ गोल भयो । ५१औं मिनेटमा सर्जीले गोल गर्दै वायर्नलाई अग्रता दिलाए । त्यसको ३ मिनेटपछि सर्जीले नै गोल गर्दा वार्यनले अग्रता दोब्बर बनायो । यस्तै रोवर्टो लेवान्डोस्कीले ७६औं मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए ।

८३औं मिनेटमा मार्कोस अलोन्सो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सीले दश खेलाडीमा रहेर खेल सकाएको थियो ।