Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

चेल्सीको मैदानमा वायर्नको शानदार जित

Wednesday, February 26, 2020 National Power

काठमाडौं- सर्जी नाब्रीले दुई गोल गरेपछि जर्मन क्लब वायर्नले च्याम्पियन लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा इंग्लिस क्लब चेल्सीमाथि शानदार जित हात पारेको छ । वायर्नले चेल्सीलाई उसैको मैदानमा ३-० ले पराजित गर्दै दोस्रो लेगका लागि सजिलो बनाएको छ ।

लण्डन क्लब चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा ३ गोल भयो । ५१औं मिनेटमा सर्जीले गोल गर्दै वायर्नलाई अग्रता दिलाए । त्यसको ३ मिनेटपछि सर्जीले नै गोल गर्दा वार्यनले अग्रता दोब्बर बनायो । यस्तै रोवर्टो लेवान्डोस्कीले ७६औं मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए ।

८३औं मिनेटमा मार्कोस अलोन्सो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सीले दश खेलाडीमा रहेर खेल सकाएको थियो ।