Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

भारत आउँदै ट्रम्प, विपक्षी कांग्रेसले उठायो प्रश्न

Monday, February 24, 2020 National Power

काठमाडौं –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजबाट भारतको दुईदिने भ्रमण गर्दैछन् । श्रीमती मेलानियासँगै भारततर्फ उड्नुअघि उनले भारत पुग्न आफू आतुर भएको प्रतिक्रिया पत्रकारहरुलाई दिएका छन् । उनले भनेका छन्, ‘म भारतका कराडौं जनतासँग भेट्न उत्सुक छु । प्रधानमन्त्री मोदी मेरो साथी हुन् । उनीसँग मेरो राम्रो सम्बन्ध छ । मैले धेरै पहिले नै भारत भ्रमण गर्ने वाचा गरेको थिएँ । अब म भार जान उत्साहित छु ।’

सोमबार अहमदाबादमा आयोजना हुने ‘नमस्ते ट्रम्प’ समारोहमा उनी सहभागी हुने छन् । सो समारोहमा लाखौं भारतीय नागरिक सहभागी हुने र त्यसलाई ट्रम्पले सम्बोधन गर्ने बताइएको छ ।यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई स्वागत गर्न आफू आतुर भएको बताएका छन् । मोदीले भनेका छन्, ‘यो सम्मानको कुरा हो कि उनी सोमबार हामीसँग हुनेछन् । अहमदाबादमा ऐतिहासिक कार्यक्रमबाट भ्रमण सुरु हुनेछ ।’

यसैबीच भारतको प्रमुख प्रतिपक्षी कांग्रेस पार्टीले मोदी भ्रमणको पूर्वसन्ध्यामा दर्जन बढी प्रश्नहरु उठाएको छ । कांग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले अमेरिका र तालिबानबीच शान्ति सम्झौता हुन लागेको प्रसंग झिक्दै पत्रकारहरुसँग भनेका छन्, ‘भारतले यो कुरा भुल्न हुँदैन कि भारतको विमानलाई तालिवानले नै अपहरण गरेर कान्धाहारमा ओरालेको थियो, जसका कारण भारतले मसुद अजहरलाई रिहा गर्नु परेको थियो ।’

अहमदाबादमा हुन लागेको ‘नमस्ते ट्रम्प’ कार्यक्रममा पनि उनले प्रश्न उठाए । सुरजेवालाले भनेका छन्, ‘ट्रम्प सरकारले एच–१ बी भिसामा कठोर छ । ७० प्रतिशत भारतीय एच–१ बी भिसा भएको कुरा हामीले बिर्सनु हुँदैन । सन् २०१५ मा ६ प्रतिशत भारतीयको एच–१ बी भिसा खारेज गरिएको थियो भने अहिले यो संख्या २४ प्रतिशत पुगेको छ ।’ उनले भने, ‘अहमदाबादमा लाखौं भारतीय जनताको सहभागीतामा हुने समारोहमा नरेन्द्र मोदीले के यो कुरालाई ध्यान दिन्छन् रु एच–१ बी भिसाप्रति नरम हुन ट्रम्पलाई भन्न सक्छन् रु’