Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

ओस्कार २०२० : पिट र डेनले जिते उत्कृष्ट सह-अभिनेता र अभिनेत्रीको अवार्ड

Monday, February 10, 2020 National Power

काठमाडौं – चलचित्र क्षेत्रको प्रतिष्ठित ओस्कार अवार्डअन्तर्गत उत्कृष्ट सह(अभिनेता र सह-अभिनेत्रीको अवार्ड ब्राड पिट र लाउरा डेनले जितेका छन् । ओस्कार अवार्ड वितरणको ९२ औं संस्करणअन्तर्गत आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै पिट र डेनले अवार्ड जितेका हुन् ।

‘वन्स अपअन अ टाइम इन हलिउड’ फिल्मको अभिनयलाई लिएर पिटलाई उत्कृष्ट सहअभिनेताको उपाधि दिइएको हो । बीबीसीका अनुसार, पिटसँगै टम हृयांक्स, सर एनथोनी हपकिन्स, अल प्याकिनोललगायत पनि नोमिनेसनमा परेका थिए । त्यस्तै, सह-अभिनेत्रीको नोमिनेसनमा अमेरिकन कलाकार क्याथी बेट्स, स्कारलेट जोनसन, फ्लोरेन्स पग र मारगट रोवी परेका थिए । तर म्यारिज स्टोरीको भूमिकालाई लिएर नोमिनेसमा परेकी डेनको पोल्टामा उपाधि परेको छ ।

बेस्ट एडप्टेड स्क्रिनप्ले विधाको नोमिनेसनमा परेका ५ मध्ये जोजो रविट उत्कृष्ट घोषित भएका छन् । बेस्ट वरिजिनल स्त्रिmनप्लेको अवार्ड भने वोन जोन हो र हान जिन वनले संयुक्त रूपमा जितेका छन् । साउथ कोरियन कमेडी फिल्म प्यारासाइटमा हो र वनद्वयले निभाएको भूमिकाका लागि यो अवार्ड प्रदान गरिएको हो ।

त्यस्तै बेस्ट एनिमेटेड फिचर विधाको अवार्ड टोय स्टोरी ४, बेस्ट डकुमेन्टरी फिचर अमेरिकन फ्याक्ट्रीले जितेको छ । लस एन्जलसमा जारी समारोहबाट विभिन्न विधाको अवार्ड घोषणा भइरहेको छ । केहीको अवार्ड छिनोफानो लागे पनि उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड घोषणा हुन भने बाँकी छ । उत्कृष्ट अभिनेतातर्फको नोमिनेसनमा एन्टेनिो ब्यान्डेरस, लिओनार्दो डिक्यापरियो, आदम ड्रिभर र जोनाथन प्राइस समेटिएका छन् । यिनैमध्येबाट एक उत्कृष्ट छानिने छन् । अभिनेत्रीतर्फ पनि ५ नोमिनेसनमा परेका छन् ।