Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

१३ औं साग आज सकिँदै, पुरुष फुटबल फाइनलपछि समापन कार्यक्रम

Tuesday, December 10, 2019 National Power

काठमाडौं -पुरुष फुटबलको फाइनलसँगै दक्षिण एसियाली खेलुकद (साग) को तेह्रौं संस्करण आजबाट सकिँदैछ । विभिन्न चुनौतीबीच मंसिर १५ बाट सुरु साग आज दशौं दिन समापन हुन लागेको हो । १३ औं सागअन्तर्गत आज विभिन्न खेलका फाइनल खेलहरू हुनेछन् । जसमा पुरुष फुटबलको फाइनल खेल दिउँसो ३ बजे दशरथ रंगशालमा हुनेछ । स्वर्णका लागि नेपाल यू–२३ र भुटान यू–२३ बीच प्रतिस्पर्धा हुनेछ । भुटान पहिलो पटक साग फुटबलको फाइनलमा पुगेको हो भने नेपाल साविक स्वर्ण विजेता हो ।

यस्तै, आजै बास्केटबलतर्फ पुरुष र महिलाको फाइनल खेल हुनेछ । महिलातर्फ ऐतिहासिक रजत पक्का गरिसकेको नेपालको महिला बास्केटबल टिमले फाइनलमा भारतसँग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकद परिषदको कभर्डहलमा खेल्नेछ । यस्तै, जुडोतर्फ आज अन्तिम स्वर्णका लागि टिम इभेन्टको खेल हुनेछ । उता, बक्सिङतर्फ आज ८ स्वर्णका लागि फाइनल खेल हुनेछ ।

सधैंजस्तै भारत यस पटक पनि पदक तालिकामा अगाडि रहेको छ । नवौं दिनसम्म भारतले सर्वाधिक १५९ स्वर्ण जितेको छ । जुन नेपालको भन्दा तेब्बर र केहीले बढी हो । यस्तै, ५० स्वर्ण जित्ने लक्ष्य राखेको नेपाल ४९ स्वर्णसहित दोस्रो स्थानमा छ । नेपाल लक्ष्यबाट १ स्वर्णले टाढा छ । तर सन् १९९९ मा आठौं साग आयोजना गर्दा हात पारेको दोस्रो स्थान यसपटक पनि सुरक्षित हुने पक्का छ ।

नेपालले आठौं आयोजना गर्दा ३१ स्वर्ण जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । यस पटक त्यो कीर्तिमान तोडिएको छ र एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बनिसकेको छ । तेस्रो पटक नेपालले साग आयोजना सम्पन्न गर्दैछ । १४ औं साग पाकिस्तानमा आयोजना गर्ने निर्णय भइसकेको छ र अब समापन समारोहमा पाकिस्तानले सागको झण्डा ग्रहण गर्नेछ ।