Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

‘बाहुबली’ रिलिज हुँदा मरेँ भन्ने लागेको थियोः प्रभाष

Friday, October 18, 2019 National Power

चलचित्र ‘बाहुबली’ रिलिज भएपछि एउटा प्रान्तमा खुम्चिएको नायक प्रभाषको क्रेज भारतभर फैलियो । यो चलचित्रले उनलाई भारतभर नै सुपरस्टार बनायो । तर, प्रभाष यो चलचित्र रिलिज अगाडिको समयमा आफ्ना लागि पीडादायक भएको बताउँछन् । प्रभाषले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘बाहुबली रिलिजको एक दिन अगाडि थियो । मैले आफूलाई अब म मरे भन्ने सोचेको थिएँ ।’

प्रभाषले आफ्नो नयाँ चलचित्र रिलिजको अगाडि निकै नै असहज महशुश गर्ने गरेको बताएका छन् । तर, ‘बाहुवली’ रिलिज अगाडि भने उनलाई आफू अब मरे भन्ने लागेको थियो । निकै मंहगो बजेटमा बनेको यो चलचित्र प्रभाषको लागि विशेष थियो । सफल अभिनेताको रुपमा आफूलाई स्थापित गराइरहेका उनलाई यो चलचित्र असफल हुने हो कि भन्ने ठुलो पिर थियो । उनी भन्छन्–‘साच्चिकै म मरे जस्तो लागेको थियो ।’

हरेक चलचित्र रिलिजको अघिल्लो दिन प्रभाष आफ्ना साथीहरुसँग समय बिताउँछन् । मोवाइल अफ गरेर केही समाचारहरु हेर्दैनन् । तर, ‘बाहुबली’को समय भने उनले त्यसो गरेनन् । प्रभाष भन्छन्–‘त्यो समय मलाई दर्शकसँग बसेर चलचित्र हेर्ने मन भयो । त्यसैले म हलसम्म पुगे र २० मिनेट पछि चलचित्र हेरेँ ।’

पछि चलचित्र निकै सफल भयो । यो चलचित्रबाट प्रभाष अन्तराष्ट्रिय स्तरमा परिचित बने । उनले आफ्नो जवरजस्त स्टारडम बनाए । उनी अभिनित ‘बाहुबली २’ र ‘साहो’ले पनि उनलाई अझै सफलता दिलाएको छ ।