Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

शिक्षकदेखि विश्वकै हेण्डसम पुरुषसम्म : ऋतिक

Monday, August 19, 2019 National Power

बलिउडका सुपरस्टार ऋतिक रोशनको अभिनय मात्र शसक्त छैन, उनको व्यक्ति पनि उत्तिकै आकर्षक छ । त्यसैले उनी भारतमात्र होइन, विश्वभरी नै लोकप्रिय मानिन्छन् । हरेक फिल्ममा उनको अभिनय उत्कृष्ट हुन्छ । फिल्मको पर्दा भन्दा बाहिर समेत उनको शालिन व्यक्तित्वले सबैलाई आकषिर्त गर्छ ।

वर्ष २०१९ ऋतिकका लागि निकै राम्रो भैरहेको छ । हालै मात्र प्रदर्शन भएको उनको नयाँ फिल्म ‘सुपर ३०’ व्यवसायिक रुपमा सफल भयो । उक्त फिल्मको सफलतासँगै चर्चामा आएका ऋतिकका प्रशंसकहरुका लागि अर्को एउटा रमाइलो खबर सार्वजनिक भएको छ ।

ऋतिक रोशनले अगष्ट २०१९ मा ‘टप ५ मस्ट हेण्डसम मेन इन द वल्र्ड’ मा शीर्ष स्थान हासिल गर्न सफ भएका छन् । यसका लागि उनले विश्वका अन्य हेण्डसम पुरुषहरुलाई पछाडि पार्न सफल भएका हुन् ।

आकर्षक व्यक्तित्वका धनी ऋतिकलाई मन पराउनेहरु भारतमात्र छैनन्, भारतभन्दा बाहिर प्रँयः देशहरुमा उनका प्रसंशकहरुको संख्या अत्यधिक छ । उनी उत्कृष्ट अभिनेतामात्र होइनन्, अत्यन्त कुशल डान्सर समेत हुन् ।

फिल्म सुपर ३० मा ऋतिक रोशनलले आनन्द कुमारको चरित्रलाई निकै कुशलतापूर्वक निर्वाह गरेका थिए । रमाइलो कुरा के छ भने उक्त फिल्ममा ऋतिकले एउटा शिक्षकको अति नै साधारण लूकलाई पर्दामा उतारेका थिए, जबकी उनैलाई विश्वकै सबैभन्दा हेण्डसम पुरुषको उपाधि प्रदान गरिएको छ । यहीबाटै अभिनयमा उनको दख्खललाई जाँच्न सकिन्छ ।

सुपर ३० को सफलतापछि ऋतिक आफ्नो आगामी फिल्म ‘वार’ मा एक्सन अवतारमा देखिंदैछन् । फिल्मको फस्ट लूकले नै ऋतिकका प्रशसकहरु जिज्ञासु बनिसकेका छन् । फिल्मको पोस्टर तथा टिजरलाई दर्शकले मन पराइसकेका छन् । उक्त फिल्ममा ऋतिकसंगै टाइगर श्राफ तथा वाणी कपूर पनि महत्वपूर्ण भूमिकामा देखिदैछन् ।