Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

विद्या बालनले खोलिन आफ्नो यस्तो विगत

Wednesday, August 14, 2019 National Power

अभिनेत्री विद्या बालनले एउटा अन्तर्वार्ताको क्रममा आफूले विगतमा गरेको संघर्षका प्रसंगहरु उठाएकी छिन् । त्यसक्रममा उनले आज आफू सफल अभिनेत्रीको रुपमा स्थापित भए पनि कुनै बेला उनले निकै संघर्ष गर्नु परेको कुरा उल्लेख गरेकी हुन् ।

विद्याका अनुसार एक समय उनले काम पाउनै छाडेकी थिइन् । त्यो बेला उनी प्रत्येक रात आँखाभरी आँशु राखेर सुत्थिन् । विद्या बालनले ठूलै संघर्ष र कडा मेहनतपछि मात्र बलिउडमा एउटा ठूलो नाम बनाउन सफल भएकी हुन् । विद्या वालन प्रदर्शनको तयारीमा रहेको नयाँ फिल्म ‘मिशन मंगल’ देखिंदैछिन्, जुन मार्स अर्बिटर मिसनमा आधारित छ ।

मुम्बईबाट प्रकाशित हुने एउटा पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा विद्या बालले भनेकी छिन्(‘कुनै बेला त्यस्तो पनि थियो, जति बेला म हरेक रात रुँदै सुत्दथें ।’ आफ्नो संघर्षको दिनहरु सम्झदै उनले भनेकी छिन्-‘दक्षिण भारतको फिल्म उद्योगमा मैले लगातार तीन वर्षसम्म रिजेक्सनको सामना गर्नु परेको थियो ।

त्यो बेला म राती(राती रुन बाहेक अरु केही गर्न सक्दिन थिएँ । तर भोलिपल्ट बिहान पुनः संघर्षका लागि तयार भैसकेकी हुन्थें । बिहान आफ्नै खुट्टामा उभिएर, अनुहारमा मुस्कान तथा एउटा ठूलो आशासहित म पुनः कामको खोजिमा निस्किन्थें ।’ लामो संघर्षपछि उनले फिल्म परिणीता पाएकी थिइन् । आजको दिनमा उनी भारतीय फिल्म उद्योगकी एक लोकप्रिय तथा सफल अभिनेत्रीको रुपमा चिनिन्छिन् ।

त्यसो त विद्या बालनको जीवनमा एक समय त्यस्तो पनि आएको थियो जब उनलाई लगातार आठ वटा बायोपिकबाट प्रस्ताव आएका थिए । तर उनले ती मध्ये एमएस सुब्बूलक्ष्मीबाहेक अन्य कुनै पनि बायोपिकमा काम गरिनन् । त्यस प्रसंगमा गरिएको जिज्ञासामा विद्याको भनाइ छ(कुनै पनि व्यक्तित्वमाथि फिल्म बन्नु मात्र सबै कुरा होइन । उनीहरुका बारेमा भन्नका लागि केही कथा पनि हुनु पर्छ ।’

विद्यालाई मीना कुमारीको बायोपिकमा काम गर्न मन थियो तर आजसम्म उनीसमक्ष कसैले पनि यसका लागि प्रस्ताव लिएर आएका छैनन् । आज पनि उनी उक्त फिल्ममा काम गर्न इच्छुक छिन् । फिल्म मिशन मंगल भारतद्वारा सफलताभन्दा पहिलाको प्रयासमा मंगल ग्रहमा पठाइएको मंगलयानको कथा प्रस्तुत गरिएको छ । यो फिल्म यही शुक्रवार प्रदर्शन हुँदैछ । उनी मिशन मंगल फिल्ममा अक्षय कुमार, सोनाक्षी सिन्हा, तापसी पन्नू तथा कीर्ति कुल्हरीसंगै देखिने छिन् ।