Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

आमिरसँग अक्षयको भिडन्त

Tuesday, July 30, 2019 National Power

बलिउड नायक आमिर खान गतबर्षको असफल चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’का कारण गम्भिर छन् । तिहारमा रिलिज भएको चलचित्र नचल्दा आमिरले लामै समय ब्रेक लिएर नयाँ चलचित्र घोषणा गरे । उनले घोषणा गरेको नयाँ चलचित्रको नाम, ‘लाल सिंह चड्डा’ हो । यो चलचित्रका लागि आमिरको गेटअप समेत बदलिएको छ । यो चलचित्रमा नायिका करिना कपुर पनि फाइनल भैसकेकी छिन् । यो चलचित्र सन् २०२० को क्रिसमसमा रिलिज हुँदैछ । तर, अब भने आमिरले क्रिसमसमा सोलो रिलिजको अवसर नपाउने भएका छन् ।

यो मितिमा नायक अक्षय कुमारको मुख्य भूमिका रहने चलचित्र ‘बच्चन पाण्डे’ रिलिज हुने भएको छ । यो चलचित्रको फस्टलुक सहित प्रदर्शन मिति तय गरिएको हो । यो चलचित्रलाई साजिद नाडियाडवालाले निर्माण गर्न लागेका हुन् । चलचित्रलाई फरहाद साम्जीले निर्देशन गर्दैछन् । ‘बच्चन पाण्डे’ एक्सन चलचित्र हो । क्रिसमसमा लक्की मानिदै आएका आमिरलाई यसपटक भने अक्षयले ठूलै चुनौती दिने विश्लेषण गरिएको छ ।