Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

बलिउडका नयाँ पुस्ता वर्ष २०१९ मा डेब्यू गर्दै

Saturday, July 20, 2019 National Power

बलिउडमा अब नयाँ पुस्ताले कब्जा जमाउँदैछ । उनीहरुको आगमनले बलिउडलाई कस्तो गति र दिशा दिनेछ रु नतिजा कुर्नपर्नेछ । अहिले श्रीदेवी पुत्री जान्ह्वी कपूरदेखि सैफ अली खान पुत्री सारा अली खानसम्मले बलिउडमा पाइला टेकिसकेकी छिन् । उनीहरुले सुरुवाती छनक निकै राम्रो देखाएका छन् । उनीहरुकै पदचाप पच्छ्याउँदै अरु पनि स्टार किड्स बलिउड प्रवेश गर्ने क्रम छ ।

वर्ष २०१९ मा प्रदर्शन भएका थुप्रै फिल्महरुमार्फत बलिउडमा नयाँ अनुहारहरुको प्रवेश भएको छ, जसमध्ये केही स्टार किडहरु यस्ता छन् ।

अनन्या पाण्डे

पुराना अभिनेता चंकी पाण्डेकी छोरी हुन् अनन्या पाण्डे । उनले यही वर्ष प्रदर्शन भएको फिल्म ‘स्टुडेन्ट अफ द इयर(२’ बाट बलिउडको यात्रा प्रँरम्भ गरेकी हुन् । २० वषर्ीया अनन्या पाण्डेको उक्त पहिलो फिल्ममा टाइगर श्राफ पनि थिए ।

टाइगर बलिउडकै पुराना अभिनेता ज्याकी श्राफका छोरा हुन् । यतिबेला अनन्या आफ्नो दोस्रो फिल्म ‘पति पत्नी और वो’ का छायांकनमा व्यस्त छिन् । सुन्दर मुहार तथा आकर्षक व्यक्तित्वकी धनी अनन्या सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहन्छिन् ।

मीजान जाफरी

आफ्नो अभिनयमार्फत दर्शकहरुलाई हँसाउन सिपालु अभिनेता जावेद जाफरीका छोरा मीजान जाफरी पनि बलिउडमा भित्रिएका छन् । मीनाजले निर्देश्ँक सञ्जय लीला भन्सालीसँग डेब्यू गर्ने मौका पाएका हुन् ।

भन्सालीद्वारा निर्देशित फिल्म ‘मलाल’ मार्फत मीजान बलिउडमा आउन लागेका हुन् । मीजानसंग उक्त फिल्ममा शर्मिन शहगलले काम गरेकी थिइन् । पछिल्लो समय अमिताभ बच्चनकी नातिनी नव्या नवेलीसंग मीजान जाफरीको प्रेम सम्बन्ध चर्चा चलिरहेको छ ।

शर्मिन शहगल

बलिउडका लोकप्रिय फिल्ममेकर सञ्जय लीला भन्सालीकी भान्जी हुन् शर्मिन शहगल । शर्मिनले आफ्नै मामा भन्सालीको निर्देश्ँनमा बनिरहेको फिल्म ‘मलाल’ मार्फत बलिउडको यात्रा प्रारम्भ गरेकी हुन् । शर्मिन शहगलकी आमा बेला शहगल पनि फिल्म क्षेत्रमै आवद्ध छिन् । बेला बलिउडकी चर्चित भिजुअल एडिटर हुन् । शर्मिनले मीजान जाफरीसँगै बलिउडमा डेब्यू गरेकी हुन् ।

करण कपाडिया

बलिउड अभिनेत्री सिम्पल कपाडियाका छोरा तथा डिम्पल कपाडियाका भान्जा करण कपाडियाले पनि यही वर्षदेखि बलिउडमा डेब्यू गरेका छन् । करणले यही वर्ष प्रदर्शन भएको फिल्म ‘ब्ल्याक’ मार्फत डेब्यू गरेका हुन् उनको यो पहिलो फिल्ममा अभिनेता सनी देओल पनि देखिएका थिए । आकर्षक व्यक्तित्वका धनी करण स्वीमिङ, हर्स राइडिङ तथा मार्शल आर्ट्समा सौखिन छन् ।

प्रानूतन बहल

लोकप्रिय अभिनेत्री नूतनकी नातीनि तथा अभिनेता मोहनीश बहलकी छोरी प्रानूतन बहल पनि यही वर्षदेखि बलिउडमा भित्रिएकी छिन् । प्रानूतनले यसै वर्ष प्रदर्शन भएको फिल्म ‘नोटबुक’ मार्फत बलिउडमा डेब्यू गरेकी हुन् । सलमान खानको प्रोडक्सनमा निर्माण भएको उक्त फिल्ममा प्रानूतन बहलसंग जहीर इकबाल देखिएका थिए ।

आलिया फर्नीचरवाला

अभिनेत्री पूजा बेदीकी छोरी आलिया फर्नीचरवालाले पनि यही वर्षदेखि बलिउडमा डेब्यू गर्दैछिन् । निर्देश्ँक नितिन कक्कडको आगामी फिल्म ‘जवानी जानेमन’ मार्फत उनले डेब्यू गर्न लागेकी हुन् । उक्त फिल्लमा सैफ अली खानकी छोरी सारा अलि खान पनि देखा पर्दैछन् । आलियाको उक्त पहिलो फिल्म यही वर्षको नोभेम्बर महिनामा प्रदर्शन हुँदैछ ।