Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

नेपाली गीतमा बलिउड अभिनेत्री सन्नी लियोनको धमकेदार नाच (भिडियोसहित)

Friday, June 14, 2019 National Power

काठमाडौं – बलिउड अभिनेत्री (आइटम गर्ल) सन्नी लियोनले पहिलो पटक नेपाली गीतमा कम्मर मर्काएर नाचेकी छन् । ‘पासवर्ड’ नामको फिल्ममा उनले गरेको आइटम नृत्य बिहिबार सार्वजनिक भएको हो । जहाँ सन्नी दर्जनौँ कोरससहित बोल्ड अबतारमा देखिएकी छिन् ।

‘आजको साम’ बोलको गीतमा सन्निलाई बलिउड कोरियोग्राफर बिष्णु देभाले निर्देशन गरेका छन् । विष्णुदेभा उनै कोरियोग्राफर हुन् जसले सलमान खानदेखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गर्छन । ५ करोड बढि लगानीमा तयार भएको गीतमा सन्नीसँगै अभिनेता बिक्की जोशी पनि छन् ।

गीतमा बिक्रम जोशीको शब्द र संगीत अर्जुन पोखरेलको छ । दुर्गा खरेलले स्वर भरेको उक्त गीतको भिडियो लण्डनमा छायाँकन गरिएको हो । भाद्र २७ बाट फिल्म ‘पासवर्ड’ रिलिज हुँदैछ । सम्राट बस्नेत निर्देशक छन् ।

फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् ।