Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

बार्सिलोनालाई हराउँदै भ्यालेन्सियाले जित्यो उपाधि

Sunday, May 26, 2019 National Power

काठमाडौं । स्पेनिस कोपा डेल रेको फाइनलमा बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सियाले उपाधि जितेको छ ।शनिबार राति भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । भ्यालेन्सियालाई उपाधि दिलाउन केभिन गेमिरो र रोड्रिगोले गोल गरे । यता, बार्सिलोनाका लागि कप्तान मेस्सीले गोल गरेका थिए ।

खेलको २१औं मिनेटमा नै भ्यालेन्सियाले गोल गर्दै अग्रता बनाएको थियो । भ्यालेन्सियाका लागि केभिनले गोल गरेका थिए । ३३ औं मिनेटमा भ्यालेन्सियाले अर्को गोल थप्दै २-० गोलको अग्रता बनाएको थियो । यो पटक रोड्रिगोले गोल गर्न सफल भए ।

पहिलो हाफमा नै दोब्बर अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा केही सुधारिएको खेल खेल्दै एक गोल गर्न सफल भयो । तर भ्यालेन्सियालाई रोक्न भने सकेन ।खेलको ७३औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै २-१ गोलको अग्रतामा ल्याएका थिए । तर बाँकी समयमा अर्को गोल गर्न नसक्दा बार्सिलोना भ्यालेन्सियासँग २-१ गोलअन्तरले पराजित भएको हो ।