Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

इजरायलका नेकपाको चियापान कार्यक्रम, सबै नेपालीलाई सहभागी हुन आग्रह

Tuesday, November 6, 2018 National Power

२० कार्तिक ,काभ्रेपलान्चोक / अरबिन्द्र गौतम –  नेपाल कम्युनिष्ट पार्टी “प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायल” ले इजरायलमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।सोमबारदेखि शुरु भएको दिपावली, नेपाल सम्वत ११३५ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान चियापान तथा ऐतिहासिक स्थल जेरुसेलम भ्रमणको आयोजना गर्न लागेको हो ।

नेपालीहरुको महान पर्वको अवसरमा कार्यक्रम इजरायलमा प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायल” ले गर्न लागेको हो । संगठनको महिला बिभागद्वारा आयोजना गर्न लागिएको कार्यक्रममा इजरायलमा रहनुभएका नेपालीहरुलाई
कार्यक्रममा सहभागिता जनाउन आग्रह गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीमा आस्था राख्ने तथा इजरायलवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, विभिन्न राजनैतिक संगठन, धार्मिक तथा सामाजिक संघ संस्था, बुद्धिजीवी, साहित्यकार, कलाकार, व्यवसायी तथा बिद्यार्थीहरुलाई उपस्थित हुन निमन्त्रणा गरिएको छ ।