Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

रक्तदान गर्नेहरुको उत्साह जनक सहभागिता

Monday, October 15, 2018 National Power

काठमाण्डौ  – गुहेश्वरी विनायक युवा क्लवद्धारा आयोजना गरिएको रक्तदान कार्यक्रमको आज अन्तिम अर्थात छैटौँ दिन पनि रक्तदान गर्नेहरुको उत्साह जनक सहभागिता रहेको छ ।

छैटौँ दिन आज सम्म करिव १५० भन्दा बढीले रक्तदान गरिसकेको गुहेश्वरी विनायक युवा क्लवका अध्यक्ष कृष्ण ओडारीले बताए । देशमा बेला बेला रगतको अभावले कैयौँले अकालमै ज्यान गुमाउने गरेका छन् ।

विविध किसमका सामाजिक कार्यहरु गर्दै आईरहेको क्लवले रगतको अभावले ज्यान गुमाउन नपरोस थोरै भए पनि राहत मिलोस भन्ने उदेस्यले रक्तदान कार्यक्रमको आयोजना गरिउको प्रदिप थापाले बताए ।

गुहेश्वरी युवा क्लवको कार्य समितिको अध्यक्षमा कृष्ण ओडारी, उपाध्यक्ष प्रदिप थापा,सचिव परमेश्वर पौडेल, कोषाध्यक्ष धन बहादुर तामाङ,सह सचिव बलबहादुर थापा,सह कोषध्यक्ष सुनिता कर्मचार्य र सदस्यहरुमा सलोनी ओडारी,किरण श्रेष्ठ,भावना खड्मा,सुमिता दाहाल,महेश ढकाल,ज्याकिस श्रेष्ठ,अम्बिका अधिकारी,कौशल निरौला,धर्मेन्द्र यादव,राजन श्रेष्ठ,सुनान शर्मा लगायतका उत्साहीत युवाहरु रहेका छन् ।