Sunday 1st December 2024

    पूर्व मन्त्री भण्डारीले गरे डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको कार्यालय उद्धघाटन    प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक    पञ्जावमा मैत्रियका बालबालिकाहरु विजयी    नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना    बुद्ध धर्मका तीन प्रमुख यानहरू 'थेरवाद, महायान र बज्रयानमा आधारित 'परित्राण’ पुस्तक विमोचन

मधेसमा मनाइयो राखी पर्व

Sunday, August 26, 2018 National Power

१० भदौ, वीरगञ्ज – पर्सा, बारालगायत तराई मधेसका जिल्लामा धुमधामका साथ राखी पर्व मनाईदैछ । दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको राखी पर्व तराई मधेसका जिल्लामा जनैपूर्णिमाका दिन मनाइन्छ । पर्वका दिन दिदी-बहिनीले दाजु-भाइलाई नाडीमा राखी बाँधिदिएका छन् । पहिला पहिला धागोको मात्रै राखी हुने गरेकोमा हिजोआज विभिन्न खाले आर्कषक राखी बजारमा आएका छन् । दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर आफ्नो रक्षाका लागि प्रतिबद्धता माग्ने चलन छ । यसबाट दिदी(बहिनी र दाजु-भाइका बीचमा प्रेमसम्बन्ध अझै बढ्छ भन्ने सामाजिक मान्यता छ ।

तराई मधेसका जिल्लाहरुमा रक्षाबन्धनको दिन दिदी बहिनीले आफ्ना दाजुभाइहरुका नाडिमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक राखी बाँधेर पर्व हर्सोउल्लासका मनाउने चलन रहेको वीरगञ्जका राजेन्द्र पण्डित बताउँछन् । राखी बाँधेर दिदी बहिनीहरुले दाजुभाइहरुलाई मिठामिठा परिकारहरु खुवाउँछ भने दाजुभाइहरुले उपहार स्वरुप, गच्छेअनुसार बिभिन्न उपहारहरुको साथै गहना र नगदी दिने गर्दछन् । भाइले सधैं दिदीबहिनीहरुलाई अप्ठेरोमा सहयोग गर्ने अपेक्षा राखिन्छ ।

यसैबीच आफ्नो दिदीबहिनी नभएका र दिदीबहिनीहरु भएको ठाउँमा जान नभ्याएकाहरुले पनि विभिन्न तरिका अपनाएर राखी पर्व मनाएका छन् । विभिन्न स्थानमा सामूहिक रुपमा राखी बाँधेर पनि पर्व मनाइएको छ । वीरगञ्जको छपकैयामा रहेको ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका ब्रम्हकुमारी दिदिबहिनीहरुले चिकित्सक, प्रहरी, आर्मी तथा विभिन्न सरकारी कार्यालय कर्मचारीहरुलाई रक्षा बन्धन बाँधेका छन् । त्यसैगरि नारायणी उपक्षेत्रिय अस्पतालका विरामीहरुलाई समेत ब्रम्हकुमारीहरुले राखी बाँधेका छन् ।

वीरगञ्जको रानिघाटमा रहेको क्षिरेश्वर महादेव मन्दिरका पुजारी सुरेन्द्र तिवारी परम्परादेखि नै बहिनीले रक्षाबन्धनका दिन भाइलाई रक्षाबन्धन बान्ने चलन रहेको बताउँछन् । द्वापर युगमै देवी लक्ष्मीले राजा बलीलाई रक्षाबन्धन बाँधेर खुशी पारेकी थिइन् । त्यसपछि बलिले खुशी भएर के माग्छौं माग भनेर भन्दा उनले द्वारपालको रुपमा रहेका विष्णु भगवानलाई मागेर लिएर बैकुण्ठ गएको कथन रहेको उनले बताए ।