Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

शिव तांत्रिक गुरु १ सय ८ फिटको शिवको मुर्ति निर्माणको तयारीमा

Thursday, July 26, 2018 National Power

१० साउन ,काठमाण्डौ – आध्यात्मिक गुरुका रुपमा चिनिएका तांत्रिक गुरुले एक सय आठ फिट अग्लो शिवको मुर्ति निर्माण अभियान थालेका छन् । भक्तपुरको वागेश्वरीमा निर्माण हुन लागेको मन्दिरको कुल लागत करिव ५५ करोड रुपैया सम्मको रहेको मानव आध्यात्मिक केन्द्रका संरक्षक शिव तांत्रिक गुरुले बताए ।

एक सय आठ रोनीमा तयार हुनलागेको एक सय ८ फिट अग्लो कल्पेश्वर महादेवको मुर्तिका साथै  स्वही स्थानमाअन्य स्वस्तीक यन्त्र , शिव ध्यान केन्द्र, बुद्ध ध्यान केन्द्र,नागहरु लगायत देवी देताका मन्दीर र पार्निङ निर्माण गरिदै छ ।  यति धेरै रकम कसरी जम्मा गर्नु हुन्छ ? नेशनल पावर न्युजको प्रश्नमा तांत्रिक गुरुले भने ” दान दक्ष्ीणबाट उठेको रकम जम्मा गरेर दाताहरुलाई गुहारेर हात खुट्ट टेकेर भए पनि  आठ वर्ष भित्रमा पुरा गरेर सरकारलाई हस्तान्त्रण गर्ने बताए  ।

साथै कल्पेश्वर महादेवको दर्शन गर्न जाने दर्शनाथीहरुलाई स्वर्गीए आनन्द आउने र मेरो कामको लागि भक्तजनहरुबाट पनि ठुलो सहयोग पाउनेमा आफु विश्वस्त रहेको बताए ।

तांत्रिक गुरु संग गरिएको कुराकानी हेर्नुस भिडियो सहित